नेपाली कांग्रेसको अधिवेशनमा दुइ गुटबाट बेग्ला बेग्लै
बीरगंज २ माघ / नेपाली कांग्रेस पर्साको माघ ८ गते हुने जिल्ला अधिवेशनमा दुइ गुटबाट बेग्ला बेग्लै उम्मेदवारी हुने भएको छ । बाँकी समाचार......
पार्टी संस्थापन पक्षबाट सुरेन्द्र चौधरी र शेरबहादुर देउवा पक्षबाट जनार्द्धन सिंह क्षेत्री सभापति पदका लागि उम्मेदवारका रुपमा अगाडी आएका छन् र माघ ८ गते हुने जिल्ला अधिवेशनका लागि नेपाली कँग्रेस पर्साको सभापति पदका लागि सुरेन्द्र चौधरीले आज औपचारिक रुपमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । नेपाल प्रेस यूनियन पर्सा शाखाद्वारा आज वीरगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पार्टी कार्यकर्ता र सञ्चारकर्मीहरु माझ उम्मेदवारीको घोषणा गर्नु भएको हो । अध्यक्ष पदका लागि अर्का दाबेदार जनार्द्धन सिंह क्षेत्रीले औपचारिकरुपमा उम्मेदवारी घोषणा नगरेपनि आफ्नो पक्षमा मत बटुल्नका लागि गृहकार्य शुरु गरिसक्नु भएको छ । उम्मेदवारी घोषणा कार्यक्रममा नेता सुरेन्द्र चौधरीले आफूसंग प्रजातान्त्रिक आन्दोलनको इतिहास, पार्टी प्रतिको निष्ठा र दृढ संकल्प भएको बताउंदै नेता चौधरीले पर्सालाइ देशभरमै नमूना जिल्लाको रुपमा स्थापित गर्ने योजना रहेको प्रतिबद्धता जाहेर गर्नुभयो । वहाँले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भन्नुभयो, म सभापति बन्नका लागि पैसा खर्च गर्ने छैन, म सँग त्यसको आश न गर्नुहोला । प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोत्तम भट्टराइको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पर्सा पूर्व सभापती राजेन्द्र बहादुर आमात्य, दिना गुप्ता, राजकृष्णा आमात्य लगायतका सहभागिता रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment