Pages

भुकम्प दिवसको अवसरमा बिभिन्न कार्यक्रम














बीरगंज २ माघभुकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौ, साधन ज्ञान सीप र भवन संहिताको अधिकतम पैयोग गरौ भन्ने नाराका १३ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा आज बीरगंजमा र्‍याली निकालीएको छ । बाँकी समाचार......
 



भौतीक योजना तथा निर्माण मन्त्रालय, शहरी बिकाश तथा भवन निर्माण बिभाग डिभिजन कार्यालयको आयोजनामा सो र्‍याली निकालीएको हो । नेपाल इन्जिनीयर एशोसियसन पर्साका अध्यक्ष अवधेश तिवारीको अध्यक्षतामा बीरगंजको घण्टाघरबाट निकालीएको र्‍याली नगरका बिभिन्न भागको परिक्रमा पश्चात बीरगंज उधोग वाणिज्य संघको सभाकक्षमा पुगी परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले भवन निर्माण गर्दा भुकम्प प्रतिरोधातमक तवरबाट भवन निर्माण गरे भुकम्पबाट हुने क्षेतीलाइ न्युन गर्न सकिन्छ यस तर्फभवन निर्माण गर्नु अगावै सबैले बिचार गर्नु पर्ने कुरा रहेको बताउनु भयो । कार्यक्रममा पर्साका इन्जिनीयरहरुको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment