Pages

नेपाल भारत सम्बन्ध राम्रो नभएको - मन्त्री कर्ण




















बीरगंज १० माघविनाविभागिय मन्त्री एवं सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नेपाल भारत सम्बन्ध राम्रो नभए नेपालको विकास नहुने बताउनु भएको छ । बाँकी समाचार.......




सदभावना पार्टी पर्साले आफनो पार्टी कार्यालयमा आयोजना गरेको स्वर्गिय गजेन्द्र नारायण सिंहको ९ औ वाषिर्क पुण्यतिथी कार्याक्रममा बोल्दै मन्त्री कर्णले नेपालका बनेको एक रुपैयाको कलम भारतमा लगेर विक्री गर्दा १ करोडको आम्दनी हने सहज स्थित रहेको देशसंग यो नक्कली राष्ट्रवादको नारा दिएर मात्र नहुने बताउनु भयो । मन्त्री कर्णले एकिकृत माओवादीले खोक्रो नारा दिएर नेपाली जनतालाई दुख दिने मात्र काम गरेको आरोप समेत लगाउनु भयो । उहाले हिन्दी भाषालाई दोश्रो राष्ट्रिय भाषाको मान्यता दिलाउन आफूहरु संसदमा विरोध पत्र दर्ता गराएको उल्लेख गर्दै सविधानमा हिन्दी भाषालाई दोश्रो राष्ट्रिय भाषाको रुपमा नलैजाने षडयन्त्र भईरहेको उहाले बताउनु भयो । पुण्यतिथी कार्यक्रममा स्वर्गिय गजेन्द्र नारायण सिंहको राजनितीक सोच विचार र उहाको प्रेरणा बाट धेरै कुरा सिक्नुपर्ने आवश्यक रहेको मन्त्री कर्णको धारणा थियो । पार्टीका जिल्ला अध्यक्ष नेजामुदिन समानीको सभापतीत्वमा भएको ९ औ वार्षिक पुण्यतिथी कार्यक्रममा जिल्ला नेताहरुले समेत स्वर्गिय सिंहले देखाएको बाटोमा चले मात्र मधेशीको मुक्ती हुने बताएका थिए ।

No comments:

Post a Comment