बीरगंज ९ माघ/ वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी तथा आन्तरिक राजस्व कार्यालय पर्सा र बाराका प्रमुख कर अधिकृत तथा राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख लगायत बरिष्ठ अधिकृतहरुबीच आइतबार भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको छ । बाँकी समाचार.......
उक्त अवसरमा संघका अध्यक्ष अशोक टेमानीले करदाता र कर प्रशासन बीचको विद्यमान सम्बन्ध तथा कर एवम राजस्व क्षेत्र सग सम्बन्धित समस्या र त्यसको निराकरणका लागि अवलम्बन गर्नुपर्ने उपायहरुका बारे चर्चा गरेका थिए । उनले करको दर बढाउनु भन्दा पनि करको दायरा बढाउने तर्फसम्बद्ध निकायको पहल हुनु पर्ने बताए । स्थानीय स्तरमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रुपमा रहेको वीरगंज उद्योग वाणिज्य संघ र कर तथा राजस्व प्रशासन बीचको सम्बन्ध प्रगाढ बढाउने तर्फपनि आपसी सहकार्य हुनु पर्ने उनको भनाई थियो । आन्तरिक राजस्व कार्यालय पर्सा र बाराका प्रमुख क्रमशः उत्तर कुमार खत्री र दीपक पहाडीले कर प्रशासन र करदाता एक अर्काका परिपुरक रहेको बताउदै संघ द्वारा आयोजित कार्यक्रमले आफूहरुका सामु विद्यमान रहेका कतिपय करस"ग सम्बन्धित समस्याको निराकरण भएको बताए । उनीहरुले नीतिगत समस्या समाधानका लागि संघ र आन्तरिक राजस्व कार्यालयको संयुक्त पहल हुनु पर्ने बताएका थिए । राजस्व अनुसन्धान पथलैयाका प्रमुख महेन्द्र वानियाले व्यापार, व्यवसायको सहजीकरण गर्ने आफूहरुको लक्ष्य रहेको बताउदै व्यावहारिक रुपमा आई पर्ने समस्याको समाधानका लागि संघ सग सहकार्य गरि अघि बढ्ने बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष ओमप्रकाश सिकरिया, महासचिव सुबोध गुप्ता, सचिव दीपक टिबडेवालले लगायतकाले आ-आफना सुझाव एवं कर र राजस्व सग सम्बन्धी समस्या बारे प्रकाश पारेका थिए । संघका बरिष्ठ उपाध्यक्ष अशोक कुमार बैधले कर प्रशासन र संघ बीचको छलफल र भेटघाटलाई निरन्तरता दिन सके धेरै जसो समस्याको समाधान हुने बताए । कार्यक्रममा संघका पदाधिकारी तथा बारा पर्साका कर तथा राजस्व प्रशासकहरुको उपस्थिति रहेको थियो ।

No comments:
Post a Comment