Pages

मन्त्री कर्ण द्धारा मेलाको उदघाटन

















बीरगंज १० माघ/ आज देखि वीरगंजमा दुइ दिने शिक्षा मेला शुरु भएको छ । बाँकी समाचार.......




शिक्षा मेलालाइ विनाविभागिय मन्त्री लक्ष्मणलाल कर्णले उदघाटन गर्नुभयो । उदघाटन मन्तव्य व्यक्त गर्दै मन्त्री कर्णले यस प्रकारको मेलाले विद्यार्थीहरुको व्यक्तीय विकासमा टेवा पुग्ने बताउनु भयो । उहाले शिक्षा नै विकासको मेरुदण्ड भएकोले शिक्षाको विकासका लागि सवै लागि पर्नुपर्ने बताउनु भयो । मन्त्री कर्णले अनावश्यक कार्यमा रकम खर्च गर्नु भन्दा आवश्यक कार्यमा रकम खर्च गरे त्यसले व्यक्तिगत रुपमा फाईदा पुग्ने बताउनु भयो । वर्तमान युग प्रविधि उन्मुख भएकोले व्यवहारिक अथवा प्राविधिक युक्त शिक्षा नै अहिले उपयोगि रहेको उहाको दावी थियो । कर्णले विरगंजमा यसप्रकारको प्रदर्शनी पहिलो पटक आयोजना गरिएको हुदा विद्यार्थी र अभिभावकले कसेसम्म यसको अधिक्तम सदुपयोग गर्नुपर्ने सुझाव दिनुभयो । उदघाटन कार्यक्रममा मेलाका संयोजक रजनिस सुक्काले परम्परागत कोर्स रोजगार मुलक नभएकोले टेक्नीकल कोर्समात्र पढने बेला भएकोले यस्तो शिक्षाले रोजगारको अवसर प्राप्त हुनसक्ने बताउनु भयो । मेला मेलामा विशेष गरी अन्डर ग्रेजुएट, ग्रेजुएट, पोष्ट ग्रेजुएट र डिप्लोमा स्तरको कार्यक्रमको पाठ्यपुस्तक राखिएको छ । मेलामा कर्मस, आर्टस, विज्ञान लगायत हरेको संङकायको पाठ्य पुस्तक राखिएको र प्रदर्शनी स्थलमा नै विद्यार्थी संगै अभिभावकलाई परामर्श दिईरहेको छन । प्राइमर् इवेन्टस एक्स्पो नया दिल्लीले आयोजना गरेको शिक्षा मेला आज विहान १० बजेदेखि बेलुकी भोली बेलुका ६ बजे सम्म राखिने सो अवसरमा बताईएको थियो ।

No comments:

Post a Comment