Pages

राजस्व चुहावट गरेको आशंकामा ट्रक पक्राउ


















वीरगन्ज २७ पुस / बीरगन्ज भन्सार कार्यालयमा रहेको शसस्त्र प्रहरी टोलीले हिजो सांझ भन्सार यार्डबाट राजस्व तिरि बाहिरिएको ना..ख ६३९३ नम्बरको एक ट्रकलाइ राजस्व चुहावट गरेको आशंकामा पक्राउ गरी पुनः चेकजाँचका लागि भन्सार कार्यालयमा दाखिला गरेको छ ।
बाँकी समाचार....... 




चंचल ट्रेडर्स प्रा.लि. वीरगन्जको नाममा १ लाख ४२ हजार २ सय ५२ रुपैया भारुको सामान रहेको विलका आधारमा १ लाख १ हजार ९ सय ४६ रुपैया भन्सार राजस्व बुझाएको सो ट्रकमा विल भन्दा बढीको सामान रहेको सुरागीको आधारमा सो ट्रक पक्राउ गरिएको शसस्त्र प्रहरी नायव उपरिक्षक ध्रुव सिग्देलले बताउनुभयो । वीरगन्ज भन्सारका जाचकी तथा कर्मचारीहरुको मिलोमतोमा प्रज्ञापन पत्रभन्दाबढी अदत सामान भन्सार यार्डबाट बाहिरिने गरेको चर्चासंगै पक्राउ गरिएको सो ट्रकमा उल्लेखित मुल्य भन्दा बढीको सामान रहे नरहेको बारेमा वीरगन्ज भन्सार कार्यालयका प्रेस प्रवक्ता भन्सार अधिकृत हरिहर पौडेलसंग बुझ्दा आज चेकजाच गर्न नभ्याएको हुदा भोली सम्पूर्ण सामान चेकजाँच गरिए पश्चात थाहा हुने बताउनुभयो । पक्राउ गरिएको ट्रकमा मोटर पाटर्स, मोटरसाइकल पाटर्स, मोविल, पापड, धुलो जिरो जस्ता सामान रहेको बताइएको छ ।

No comments:

Post a Comment