पृथ्वी जयन्ति भव्य रुपमा मनाइयो
वीरगन्ज २७ पुस/ राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वी नारायण शाहदेवको २८९ औं जन्म जयन्ति तथा राष्ट्रिय एकता दिवस विभिन्न संघ, संस्थाले विभिन्न कार्यक्रम सहित भव्य रुपमा मनाए । बाँकी समाचार.......
स्थानीय घण्टाघरमा राष्ट्रिय सरोकार मञ्च पर्साद्वारा आयोजित श्री ५ वडा महाराजाधिराज पृथ्वी नारायण शाहदेवको २८९ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवस समारोहको उदघाटन राजावादी-राष्ट्रवादी समूहका अध्यक्ष पशुपति रौनियारले गर्नुभयो । राष्ट्रिय सरोकार मञ्च, नारायणीका संयोजक नन्द किशोर गोयलले सभापतित्व गर्नुभएको सो समारोहमा १० जना बृद्ध महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । सो समारोहमा स्वागत मन्तव्य दिनु हुदै नेपाल आम संचार मञ्चका केन्द्रिय उपाध्यक्ष सुदर्शनराज पाण्डेले राजनीति सत्ता परिवर्तनका लागि भएका जनक्रान्तिको क्रममा नेपालको एतिकरणकर्ता राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सालिक तोड्ने, निन्दा गर्ने काम भएपनि हामी सम्पर्ूण्ा देशभक्त नेपाली जनताले ठण्डा दिमागले सोच्ने हो भने पृथ्वी नारायण शाह राष्ट्रिय विभूति, राष्ट्र निर्माता, राष्ट्रको आदर्श होइनन् भन्ने कुरा हृदयबाट हटाउन गाह्रो पर्दछ । नेपालमा नेपाली मनरहेसम्म, नेपालमा चन्द्रसूर्य झण्डा फरफराएसम्म अमर रहिरहने छन् भन्नुभएको थियो । अतिथी पशुपति विक्रम शाहले राष्ट्र निर्माता राष्ट्रिय विभूतिलाई विर्सिएर गान्धी जयन्ति, विद्यापति जयन्ति मनाउन कै लागि होला नेपाल सरकारले पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसका दिन विदा नदिएको हो कि भन्नु भएको थियो । अतिथी प्रभाकर शर्माले एकताभनेको सत्य र शक्तिको प्रतीक हो । राष्ट्रिय एकताबाट नै राष्ट्र निर्माण हुन्छ भन्नुभएको थियो । राष्ट्रिय सरोकार मञ्चका पर्साका अध्यक्षले संचालन गर्नुभएको सो समारोहमा उल्लेखनीय रुपमा नर नारीको सहभागिता रहेको र पृथ्वी नारायण शाहको फोटोमा श्रद्धा सुमन अर्पण गरिरहेको थियो । पृथ्वी जयन्ति तथा एकता दिवस वीरगन्जमा पृथक ढंगले, पृथक स्थानमा विभिन्न स्थानमा मनाइदा व्यापकता पाएपनि राष्ट्रिय एकता दिवसका दिन राजावादी राष्ट्रवादी भनाउदाहरुमा अनेकता देखिनुले राम्रो भने लागेन । नेपाल राष्ट्रवादी संघका अध्यक्ष जनकलाल शाहको पृथ्वी जयन्ति तथा एकता दिवस मनाइयो भने होटल सम्झनामा मेला भएका नरनारीलाई राष्ट्रवादी संयुक्त मोर्चा पर्सा, राष्ट्रवादी संयुक्त महिला मोर्चा पर्साले नेतृत्व गरेको र्यालीले वीरगन्ज नगर परिक्रमा गरेको थियो । शिवसेना नेपाल जिल्ला कार्य समिति पर्साले वीरगंज उपमहानगरि पालिका वडा नम्बर-३ प्रगतिनगरमा शिवसेना नेपालका नगर अध्यक्ष आशिष सिंहको सभापतित्वमा एक विशेष समारोहका वीच राष्ट्रिय एकता दिवस मनाएको थियो । त्यस्तै राष्ट्र निर्माता पृथ्वीनारायण साहको २८९ औ जन्म जयन्ति तथा राष्ट्र एकता दिवको आवसरमा आज बिचार गोष्ठी कार्यक्रम स्थानिय होटल सम्झनाको सभाकक्षमा सम्पन्न भएको छ । नेपाल बिद्धत परिषद र राष्ट्रवादी संयुक्त मोर्चाको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथी समाजसेवी पशुपति बिक्रम शाहले सबै राष्ट्रवादी शक्तिहरु एकजुट भइ अगाडी बढनु पर्ने आग्रह गर्नुभएको थियो । हेरम्व प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य शम्भु प्रसाद चौरसिया, रिपोर्टस क्लव नेपालका अध्यक्ष कन्हैया गुप्ता, अन्नु राण, दिनानाथ यादव गद्धी, पशुपति रौनियार, रामनारायण प्रसाद, बिनोद तिमिल्सीना लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम अरुणबिक्रम शाहले संचालन गर्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment