Pages

माघ १४ गते धानुक समाजको अधिवेशन


















वीरगन्ज २७ पुस/ नेपाला धानुक समाज पर्साले आगामी माघ १४ गते धानुक समाजको प्रथम जिल्ला अधिवेशन वीरगन्जमा हुने जानकारी गराएको छ । बाँकी समाचार....... 




आज बीरगंजको स्थानीय होटल सिजनमा आयोजित पत्रकार सम्मेलनमा नेपाल धानुक समाज पर्साका अध्यक्ष लालचन्द्र महतोले नेपालको संविधान लेखन प्रक्रियाको अवस्था राजनीतिक दलहरुको किचलोले गर्दा निर्माण नहुने भएपनि, संविधान निर्माण भएमा धानुक समाजको हक अधिकार सुनिश्चित गर्नका आग्रह गर्नु भएको छ । वहाँले लागि सामाजिक भावना र राष्ट्रियता कायम राख्ने अभ्रि्रायले ओतप्रोत भई शुद्ध राजनीतिक भावनालाई विमुख भई एउटै वर्गीय हितका लागि जुनसुकै राजनीतिक विचारधाराको भएपनि जातीय हितका लागि एकजुट हुने उद्देश्यका साथ असमानताबाट मुक्त हुने, सच्चा प्रजातन्त्रको जगेर्ना गर्न नेपाल धानुक समाज गठन भई आगामी माघ १४ गते विहान ११ बजे घण्टाघरमा धानुक समाजको अधिवेशन हुने लागेको बताउनु भयो । पत्रकार सम्मेलनमा सचिव विनोद कुमार मण्डल, राम अयोध्या महतो, राम कनाई महतो, देवनाथ महतो, हरेराम मण्डल लगायतको उपस्थिति रहेको थियो । पर्सा जिल्लामा पिछडिएको जनजाति धानुकका जनसंख्या १९ हजार रहेको छ । धानुक जातिको परम्परागत पेशा सनपाट र वनकसको डोरी बाटेर बेच्नु रहेको थियो ।

No comments:

Post a Comment