बीरगंज ६ माघ/ नेपाल निजामती कर्मचारी युनियनका नवनिर्वाचित अध्यक्ष सुबोध देवकोटाले नेपाल निजामती कर्मचारीको संठनलाइ गति शिलता दिनका लागि युनियनले देश भरि छरिएर रहेका निजामती कर्मचारीहरुलाइ समेटने प्रतिब्धता जनाउनु भयो । बाँकी समाचार.......
बीरगंजको होटल भिस्वामा आयोजित युनियनको पाँचौ केन्द्रिय अबिधेशनबाट निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले नवनिर्वाचन अधिकृत सुबोद देवकोटा सहित ५४ जना पदाधिकारीलाइ पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । बीरगंजको नगर सभागृहमा गएराती सम्पन्न अबिधेशनबाट बरिष्ठ उपाध्यक्षमा रुद्र खनाल, महिला उपाध्यक्षमा दुर्गा आक्रे, महासचिवमा सोभाकर रेग्मी, सचिवमा गोपाल पोखरेल, सुसिल केशी, सरध अधिकारी, मनोज तिवारी, कोषाध्यक्षमा सुवास कोइराला लगायत चयन हुनु भएको छ । युनियनको केन्द्रिय कार्यसमितीमा मधेशी उपाध्यक्ष पदमा राजेन्द्रलाल कर्ण निर्बिरोध निर्वाचित हुनु भएको छ ।


No comments:
Post a Comment