बीरगंज ६ माघ/ सहकारी शुसासन तथा समन्वयका लागि सहकारी कर्मीहर बीच एक दिने अन्तरुक्रिया आज एक समारोह बीच बीरगंजको गीता मन्दिर स्थित जिल्ला बाल कल्याण समितीको सभाकक्षमा सम्पन्न भएको छ । बाँकी समाचार.........
डिभीजन सरकारी कार्यालय पर्साको आयोजनामा कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले कार्यक्रमको उदघाटन गर्नै कृषी लगायतका अन्य ब्यवसाय तर्फसहकारीले अग्रर्सता देखाउनु पर्ने बताउनु भयो । डिभीजन सरकारी कार्यालय पर्साका निमित सहकारी अधिकृत दुर्गा प्रसाद जैसवालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्थानिय बिकाश अधिकारी रामाधिन प्रसाद यादव, जिल्ला पशु कार्यालयका प्रमुख डा.दिपक कुमार सिंह, जिल्ला सहकारी संघका अध्यक्ष जोखन दास थारु लगायतको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment