वीरगंज १४ माघ/ हिजो बेलुकी वीरगंज १४ श्रीपुर निवासी अजित कुमार कलवारकी श्रीमती सुष्मा देवीको संकाष्पद मृत्यु भएको छ । बाँकी समाचार........
वीरगंज श्रीपुर निवासी अजित कुमार कलवारको श्रीमती २० वषिर्या सुष्मा देवीको मृत्यु भएको हो । मृतक सुष्माको पिता बारा प्रसौनी ७ निवासी हृदयनारायण साह कलवारले आफनो छोरीको दाईजोको निहुमा हत्या भएको आरोप लगाएका छन । हिजो दिउसो अचेत अवस्थामा नारायणी उपक्षेत्रिय अस्पताल पुरयाइएकी सुष्मालाइ चिकित्सकले मृत घोषित गरेका थिए । सुष्माले विष सेवन गरी आत्महत्या गरेको ससुरा नवल किशोर कलवारले दाबी गरेका छन । प्रहरी निरिक्षक भिमकिरण बोगटीले मृतक सुष्माको श्रीमान र सासु घटनापछि फरार भएको जानकारी दिनुभयो । उहाले शव पोष्टमार्टम गरिनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको भएको बताउनु भयो । सुष्मा र अजित विच ५ महिना अघि मात्रै प्रेम विवाह भएको थियो । त्यसैगरि बाराको बलिरामपुर वडा नम्बर-६ मा गए राती एक महिलाको रहस्यमय मृत्यु भएको छ । स्थानिय मनोज महतोको श्रीमति इन्दु महतोको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । शरिरमा मटितेल खन्याएर आगो लगाइएको इन्दुको उपचारका लागि बीरगंज तर्फल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो । इन्दुको मृत्युका बारेमा अनुसन्धान भइरहेको बाराका प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment