Pages

धानुक समाजको अधिबेशन सम्पन्न














वीरगंज १४ माघपिछडिएका जनजातीको अधिकार सविधानमा सुनिश्चित गर्नुपर्ने कार्यक्रमका सहभागिले बताएका छन । बाँकी समाचार........ 
 



धानक समाज नेपाल पर्साले आज वीरगंजमा गरेको प्रथम जिल्ला अधिवेशनको उदघाटन समारोहमा सहभागिहरुले जातजातिको आधारमा नभई भौगोलिक आधारमा संघियता स्थापना गर्नुपर्नेमा जोड दिएका छन । सहभागिहरुले ठूला ३ दललेने सघियता बारेमा स्पष्ट हुन नसकेको बताए । सभासद एव धानुक समाजकी अगुवा दुर्गा देवी महतोले अधिवेशनको उदघाटन गर्नुहर्दै विभिन्न जातजाती र वर्गको अधिकारको आवाज उठीरहेको बेला धानुक समूदायको पनि आर्थिक सामाजिक सास्कृतिक राजनितिक अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो । समाजका अध्यक्ष लालचन्द धानुकको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रममा नेपाली काग्रेस पर्साका अध्यक्ष सुरेन्द्र चौधरी, फोरम नेपाल पर्साका अध्यक्ष शशिकपुर मिया, सदभावना पार्टीका जिल्ला अध्यक्ष नेजामुदिन समानी, थारु कल्याण समितीका रामनारायण गौरे, धानुक समाजका केन्द्रिय सदस्य सुखदेव महतो लगायतले सम्बोधन गर्नुभएको थियो ।

No comments:

Post a Comment