वीरगन्ज २७ पुस/ पर्सा कपडा सिलाइ संघको सम्पन्न तेश्रो बाषिर्क साधारण सभाले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । बाँकी समाचार.......
मजिद मिया अन्सारीको अध्यक्षतामा नवगठित समितिका उपाध्यक्षमा सौकत अली, महासचिवमा कला श्रेष्ठ, सचिवमा चन्द्रिका साह, सहसचिवमा हलिम मिया अन्सारी, कोषाध्यक्षमा महम्मदजान अन्सारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा सहिद अन्सारी, पुजा श्रेष्ठ, जाहिर हवारी, रमेश बहादुर श्रेष्ठ, कमरु मिया रहेको संघले जनाएको छ । सिलाइ कटाइ गर्ने व्यवसायीहरुको हकहित एवम् संरक्षणका लागि गठित यस संघले आफ्ना सदस्य पदाधिकारीहरु माथि आइ पर्ने आर्थिक लगायत अन्य समस्या समाधानका लागि एक अक्षयकोष समेतको व्यवस्था मिलाएको नव निर्वाचित अध्यक्ष अन्सारीले बताएका छन् ।
No comments:
Post a Comment