वीरगंज १५ माघ/ हिन्दु युवा संघ नेपालका अध्यक्ष स्वर्गिय काशि तिवारीको परिवारलाई संघका वरिष्ठ सल्लाहकार ज्योतीलाल कलवारले ५ लाख रुपयाँको चेक प्रदान गर्नुभएको छ । बाँकी समाचार........
रिपोर्टस कल्व पर्साद्वारा आज वीरगंज स्थित होटल सिजन्समा आयोजीत पत्रकार सम्मेलनमा वरिष्ठ सल्लाहकार कलवारकी श्रीमति लालमुनि देवीले स्वर्गिय तिवारीकी श्रीमति बबिता देवीलाई रु ५ लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । पत्रकार सम्मेलनमा वरिष्ठ सल्लाहकार कलवारले स्वर्गिय तिवारीको परिवारको आर्थिक स्थिति कमजोर भएकोले सहयोग स्वरुप सो परिमाणको नगद आफ्नो व्यक्तिगत तर्फाट हस्तान्तरण गरेको बताउनुभयो । उहाँले तिवारीको हत्यापछि नेपाल सरकार र हिन्दु युवा संघ विच भएको सम्झौता अनुसार सम्बन्धित पक्षले काम नगरेको र माघ महिनाभित्रमा माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनि समेत दिनुभएको छ । संघका अध्यक्ष तिवारीको हत्यापछि नेपाल सरकार र युवा संघविच मृतकलाई शहिद घोषणा गर्ने, हत्यारालाई कारवाहि र मृतकका परिवारलाइ क्षतिपुर्ति दिने लगायतको सहमति भएको थियो । पत्रकार सम्मेलनमा स्थानिय पत्रकारहरु र हिन्दु युवा संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

No comments:
Post a Comment