Pages

नेशनल मेडिकल कलेज द्वारा अभिनन्दन कार्यक्रम

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
बीरगंज २० पुस/ त्रिभुवन विश्व बिधालयका उपकुलपति प्राध्यापक डा.माधव शर्माले नेपालकै विश्व बिधालय मध्ये पहिलो स्थाइ सम्बन्धन प्राप्त मेडिकल क्लेजको रुपमा नेशनल मेडिकल कलेज रहेको बताउनु हुदै उक्त क्लेजको सरहाना गर्नु भएको छ । बाँकी समाचार......
   

नेशनल मेडिलक कलेजमा आयोजना अभिनन्दन समारोहमा क्लेजका संचालक डा.जैनुदिन अंसारीले उपकुलपति शर्मालाइ दोशला ओढाइ सम्मान गर्नु भएको थियो । सो सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै उपकुलपति शर्माले नेशनल मेडिलक कलेज हाम्रो आङगिक क्याम्पस सरह बन्दै गएकोमा विश्व बिधालय परिवारको सदस्य भएको हुदा यस क्याम्पसले इटरनेशनल इन्सच्युटको रुपमा स्थापित हुन सकने बिश्वास ब्यक्त गर्नु भयो । वहँले त्रिभुवन विश्व बिधालय योजना महा शाखाका प्रमुख प्रध्यापक प्रहलाद पन्तले आफु जति पटक बीरगंज आँउदा नेशनल मेडिकल क्लेजमा कुनै नयाँ पुर्वाधार बनाइएको बताउनु भयो । उपकुलपति शर्माले पाँउदा हालै स्थायि सम्बन्धन प्राप्त यस मेडिकल क्लेजले अन्य क्लेजको तुलनामा उत्कृष्ट स्थान ओगटन सफल होस भन्नु भयो । किर्तीपुर क्याम्पसका प्रमुख महेश दाहालले भौतिक पुर्वाधार पुरा गरे यहाँका बिधार्थीहरुलाइ सैधान्तीक ज्ञानका साथै व्यवहारीक उपचार पदतीका बारेमा ज्ञान दिन सकोस यहीनै उपलब्धीको संकेत हुने बताउनु भयो । नेशनल मेडिलक क्लेजका अध्यक्ष डा.जैनुदिन अंसारीको सभापतित्वमा सम्पन्न सो अभिनन्दन समारोहमा कलेजका म्यानेजिङ डाइरेक्टर बसरुदिन अंसारीले क्याम्पसले कायम रखेको स्तरलाइ अझ बढाइ आउने दिनमा अन्तराष्ट्रिय क्षेत्रमा बीरगंजलाइ नेशनल मेडिलक कलेजको नामले चिनिने अवस्था सम्म पुर्‍याउने हाम्रो लक्ष्य रहेको बताउनु भयो । कार्यक्रममा त्रिभुवन विश्व बिधालयका कार्यकारीणी परिषद सदस्य डा.बिजय सिलवाल, नेकपा एमालेका चिरन्जीबि आयार्य, नेबिसंघ काठमाण्डौका कैलाश कोइराला लगायतले सो अवसरमा आफ्नो शुभकामना मन्तब्य दिनु भएको थियो ।  

No comments:

Post a Comment