Pages

ट्रयाक्टरको ठक्करबाट साइकल यात्री घाइते

बीरगंज २० पुस/ सुखा बन्दरगाह नजिक ट्रयाक्टरको ठक्करबाट एक साइकल यात्री घाइते भएका
छन् । बाँकी समाचार......

   

आज बिहान बीरगंजबाट बिन्दवासनी तर्फजाँदै गरेको ना..त ११५० नम्बरको ट्रयाक्टरले ठक्कर दिदा साइकल यात्री बिन्दवासनी गाबिस-४ निवासी रामानन्द पासवान घाइते भएका हुन् । घाइते पासवानको अवस्था सामान्य भएको हुदा प्राथमिक उपचार पछि उनी घर फर्किएका हुन् । ठक्कर दिने ट्रयाक्टरलाइ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने ट्रयाक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

No comments:

Post a Comment