धुम्रपान नियन्त्रण सम्बन्धि समिक्षा गोष्ठी
बीरगंज २१ पुस/ विद्यालय स्तरीय स्वास्थ्य शिक्षा तथा धुम्रपान नियन्त्रण कार्यक्रम सम्बन्धि एक दिने समिक्षा गोष्ठी आज जिल्ला शिक्षा कार्यालय पर्सामा सम्पन्न भएको छ । बाँकी समाचार......
शीर मेमोरियल अस्पताल, बनेपा काभ्रेको आयोजनामा भएको सो गोष्ठीमा त्रिभुवन हनुमान माध्यमिक विद्यालय वीरगन्ज, रामचरण साह पन्नालाल माध्यमिक विद्यालय, जिल्ला उच्चांगल उच्च माध्यमिक विद्यालय पोखरीया, रामचरित्र भगत उच्च माध्यमिक विद्यालय पकाहा मैनपुर, सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय वीरगन्ज, नेपाल रेल्वे माध्यमिक विद्यालय, त्रिजुद्ध माध्यमिक विद्यालय, माइस्थान विद्यापिठ, नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर र सरस्वती माध्यमिक विद्यालय गौतमनगर ठोरीका छात्र/छात्रा गरी चौध हजार तीन सय पन्द्र विद्यार्थी लाभान्वित भएको बताइएको थियो । कार्यक्रम निर्देशक सुन्दर थापा मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी अधिकारी, जनस्वास्थ्य कार्यालय प्रमुख अरुणकुमार महतो, सहायक जिल्ला शिक्षा अधिकारी, पत्रकार महासंघ पर्साका सभापति शत्रुघन नेपाल लगायतले स्वास्थ्य, शिक्षा तथा धुम्रपान नियन्त्रणबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य मणीगोपाल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम संचालन प्रल्हाद शर्मा हुमागाईले गर्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment