Pages

सभापति पदका लागी द्धिवेदीको उम्मेदवारि














बीरगंज ५ माघनेपाली काग्रेस पर्साको आगामि सभापती पदका लागि वर्तमान सभापति अजय द्धिवेदीले पनि उम्मेदवारि दिनु हुने भएको छ । बाँकी समाचार........
 



वीरगंज उद्योग बाणिज्य संघको सभाहलमा आज भएको उम्मेदवारि घोषणा कार्यक्रममा कंग्रेसका केन्द्रिय सदस्य एवं सभासद रमेस रिजालले सभापति पदका लागी अजय द्धिवेदीको उम्मेदवारि घोषणा गर्नु भएको हो । उम्मेदवारि घोषणा गर्नु हुँदै केन्द्रिय सदस्य रिजालले पार्टिलाइ एकजुट बनाएर लैजाने एक मात्र योग्य उम्मेदवार द्धिवेदी रहेको भन्दै यस्ता सिर्जनशील व्यक्तिनै पार्टिलाइ आवस्यक रहेकोमा जोड दिनु भयो । जिल्ला सभापति पदका लागी यस अघिनै सस्थापन पक्ष तर्फाट पुर्व मन्त्री एवम नेता सुरेन्द्र चौधरीले घोषणा गरी सक्नु भएको छ । कंग्रेस पर्साको यहि माघ ६, ७ र ८ गते जिल्ला अधिवेशन हुँदै छ । आज भएको घोषणा सभामा कंग्रेसका सभासद एवं केन्द्रिय सदस्य अजय चौरासिया, रामेश्वर रौनियार, ओमप्रकास शर्मा, जिविसका पुर्व सभापति जनार्दन सिंह क्षेत्रि लगायतकाको उपस्थिति रहेको छ ।

No comments:

Post a Comment