बीरगंज ४ माघ/ वीरगंजमा जारी नेपाल निजामति कर्मचारी युनियनको पाँचौ केन्द्रिय अधिवेशनमा चुनावी माहोल तात्तिएको छ । बाँकी समाचार........
अधिवेशनमा मंगलबार साझ कार्यसमितिको बिभिन्नद पदका उम्मेदवारहरुको अन्तिम नामावली प्रंकाशित भएको छ । पूर्व अनुमान अनुसार, सुबोध देवकोटा समूह र रामप्रसाद कोइराला समूहले प्यानलनै घोषण गरी चुनावी मैदानमा ओर्लिएका छन् । अध्यक्ष पदमा देवकोटा र कोइराला गरी दुइ जनाको उम्मेदवारी परेको छ । बरिष्ठ उपाध्यक्षमा रुद्र प्रसाद खनाल र महेन्द्र प्रकाश शर्माले उम्मेदवारी दिएका छन् । खनाल देवकोटा र शर्मा कोइराला पक्षिय उम्मेदवार हुन् । मधेशी उपाध्यक्ष तर्फभने राजेन्द्रकुमार लाल कर्ण निर्विरोध भएका छन् । महिला उपाध्यक्ष तर्फदेवकोटा पक्षबाट दुर्गा देवी आत्रेय, कोइराला पक्षबाट दुर्गा थापा र विन्दा नेपालले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिएकी छिन् । महासचिव पदका लागि देवकोटा पक्षबाट उत्तम बहादुर कुवर र कोइराला पक्षबाट शोभाखर रेग्मीले उम्मेदवारी दिएका छन् । चार वटा सचिव पदका लागि १६ जनाको उम्मेदवारी परेको छ । मधेशी सचिव पदका लागि हरिकान्तलाल कर्ण र मनोज कुमार तिवारीको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पदका लागि देवकोटा पक्षबाट सुभाष कोइराला र कोइराला पक्षबाट दीपेन्द्रप्रकाश गिरीको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्यमा बिभागिय तर्फ१० पदका लागि १९, समावेशी महिला तर्फचार पदका लागि १५, आदिवासी जनजाति तर्फदुइ पदका लागि छ, दलित तर्फएक पदका लागि तीन, पिछडिएको क्षेत्र तर्फएक पदका लागि छ र अपांग तर्फएक पदका लागि दुइ जनाको उम्मेदवारी परेको छ । मधेशी उपाध्यक्षमा निर्विरोध भएका कर्णलाइ उनका सहकर्मीहरुले मंगलबारै अबिर लगाएर शुभकामना तथा बधाइ दिएका छन् । अन्य पदका उम्मेदवारहरु जोडतोडका साथ चुनावी मैदानमा ओर्लिएका छन् । उम्मेदवारहरु मतदातासंग मत माग्ने र आफ्ना एजेण्डाहरु बताउदै मतदाता रिझाउने प्रयासमा लागेका छन् । वीरगंजको नगर सभा गृह हाल चुनावमय भएको छ । बुधबार बिहान नौं बजेदेखि मतदान सुरु हुने कार्यक्रम छ । अधिवेशनमा सहभागी हुन युनियनका ७५ जिल्ला कार्यसमितिका पार्षद, बिभागिय कार्यसमितिका पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्य, पदाधिकारी र सदस्यहरु समेत गरी चार सय ८० जना वीरगंज आइ पुगेका छन् ।
No comments:
Post a Comment