Pages

प्रतिबन्धीत लागु औषध सहित एक पक्राउ

बीरगंज ६ माघसशस्त्र प्रहरी राज्शव गस्ती टोलीले गएराती ठुलो परिमाणमा प्रतिबन्धीत लागु औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ । बाँकी समाचार.......
   

पक्राउ पर्नेमा चितवनको पसाहा गाबिस वडा नम्बर-७ निवासी २६ बर्षीय गोबिन्द पाठक रहेका छन् । रक्सौलवाट रिक्सा चढी बीरगंज तर्फआँउदै गरेको अवस्थामा शंका लागि प्रहरीले पाठकको शरिर चेकजाँच गर्ने क्रममा सुइको माध्यमबाट प्रयोग गरिने डाइजोपाम २ सय थान, फेनार्गन २ सय १ थान, नर्फिन सय १ थान र ४ थान सुइ बरामद गरेको हो । पक्राउ परेको पाठक बिरुद्ध आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ । त्यसैगरि पर्साको जयमंगलापुर गाबिसवाट गएराती प्रहरीले १६ किलो चरेश सहित एउटा मोटरसाइल नियन्त्रणमा लिएको छ । भिस्वा प्रहरी चौकीको गस्ती टोलीले राती करिब ९ बजेको समयमा लागु औषध तस्करहरुले बी.आर.२२ पि ९५२७ नम्बरको भारतीय मोटरसाइकलमा लोडगरि भारत तर्फलैजाँदै गरेको अवस्थामा गस्ती टोलीलाइ देखेर मोटरसाइकल र चरेश छाडी तस्करहरु फरार भएको प्रहरीले जनाएको छ । तस्करीमा संलगन ब्यक्तिहरुलाइ प्रहरीले पक्राउ गर्न नसकेपनि चरेश र मोटरसाइकल नियन्त्रणमा लिएको बताइएको छ ।

No comments:

Post a Comment