Pages

गणेशको दोश्रो बाषिर्क साधारण सभा सम्पन्न






























बीरगंज ८ माघ/ श्री गणेश बचत तथा ऋण सहकारी संस्थाको दोश्रो बाषिर्क साधारण सभा आज एक समारोह बीच बीरगंजको होटल मकालुमा सम्पन्न भएको छ । बाँकी समाचार.......


समारोहका प्रमुख अतिथी कृषि तथा सहकारी राज्य मन्त्री करिमा बेगमले कार्यक्रमको उदघाटन गर्दै समाज अनुसारको परिवर्तन जरुरी रहेको भन्दै अशिक्षाको कारण नै गरिबी रहेको बताउनु भयो । वहाँले उज्यालो भबिष्य निर्माण गर्नका लागि पर्साको कुना कुनामा यस्तो शाखा खोल्न आग्रह गर्नु भयो । साधारण सभामा संस्थाका अध्यक्ष अशोक टेमानीले आर्थिक बर्ष २०६६/०६७ मा संस्थाले १ करोड ८५ लाख ९३ हजार ९ सय ३९ रुपैया ३४ पैसा निक्षेप संकलन गरेको बताउनु भयो । वहाँले संस्थाको १ करोड ९२ लाख ७२ हजार ८ सय ४४ रुपैया ४२ पैसा कर्जा रहेको र ३८ लाख ४९ हजार २ सय ३८ रुपैया ४६ पैसा आमदानी भएको जानकारी दिनुभयो । कार्यक्रममा सभासद आत्माराम साह, डिभीजन सहकारी कार्यालयका निमित सहकारी प्रमुख दुर्गा प्रसाद जयसवाल, सचिव गोपाल केडीया, कोषाध्यक्ष दिपक टिबडेवाल, संस्थाका उपाध्यक्ष सत्यनारायण मितल, कानुनी सल्लाहकार रामेशव सेढाइ लगायत पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment