Pages

कांग्रेस पर्साको सभापति चौधरी विजयी





बीरगंज ९ माघ नेपाली कांग्रेस पर्साको सभापति पदमा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी सात मतले विजयी हुनु भएको छ । बाँकी समाचार...........




आज बिहान सम्पन्न मतगणनामा चौधरीले आफ्ना निकतम प्रतिद्धन्दी वर्तमान सभापति अजय कुमार द्धिवेदीलाई सात मतको अन्तरले पराजित गरेका हुन । कुल ९ सय ६७ मतदाता मध्ये ९ सय ६४ मत खसेकामा चौधरीले ४ सय ७६ मत ल्याएर विजयी हुनु भएको छ भने द्धिवदीले ४ सय ६९ मत ल्याएर पराजित हुनु भयो । यसैगरी सचिवमा अशोक कुमार जयसवालले ४ सय ४६ मत ल्याएर विजयी हुनु भएको छ भने उनका प्रतिद्धन्दी बृहस्पतिकृष्ण श्रेष्ठ ३ सय ४१ मत ल्याइ १ सय ५ मतको अन्तरमा पराजित हुनु भएको छ । कोषाध्यक्ष पदका अर्का उमेदवार शम्भु चौहानले १ सय २६ मत प्राप्त गर्नु भएको छ । कोषाध्यक्षमा किशोरी साह कानु विजयी हुनु भएको छ । कानुले ४ सय ९९ मत प्राप्त गरी विजयी हुनु भएको छ भने वहाका प्रतिद्धन्दी इम्तियाज आलमले ४ सय १४ मत प्राप्त गरेर ८५ मतले पराजित हुनु भएको हो । यसैबीच पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी हुनु भएकोमा नेपाली कांग्रेस पर्साको कार्यबर्ताहरुले आज बीरगंजमा बिजयी जुलुस निकालेका छन् । बीरगंजको नगर सभागृहबाट निकालीएको बिजयी जुलुस नगरको बिभिन्न भागको परिक्रमा गर्दै माइस्थान पुगी सम्पन्न भएको थियो । जुलुसमा सहभागिहरुलाई पूर्वमन्त्री चौधरीले आफुलाई सहयोग पुर्‍याएको भन्दै धन्यबाद दिनु भएको थियो ।

No comments:

Post a Comment