Pages

मधेशी पत्रकारको कार्यालय बीरगंजमा पनि





















बीरगंज २३ पुस/  मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष पवन सिंहले गाँजा र अफिम खेतीबाट हुने आम्दनीले धनी हुन सकेपनि भावि सन्ततिले शिक्षा लिनुको साटो अवैध कारोवारमा ध्यान केन्द्रित गर्ने भएकाले गल्तबाटो छाडन पर्सा बासी संग आग्रह समेत गर्नु भएको छ ।
बाँकी समाचार......




मधेशी पत्रकार समाज पर्सा शाखाले बीरगंज स्थित कार्यालय उदघाटन गर्दै केन्द्रिय अध्यक्ष सिंहले पत्रकारीता बलियो भए मधेशी जनताहरु शिक्षीत, सचेत हुने र राष्ट्र समेट बलियो हुने बताउनु भएको हो । वहाँले मधेशको पत्रकारीता बलियो भए मात्र मधेशी बासीले सच्चा लोकतन्त्रको अनुभुति गर्ने पाउनु हुने बताउनु भयो । मधेशी पत्रकार समाजका पर्साका अध्यक्ष संतोष पटेलको सभापतित्व भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्ती नेपालका केन्द्रिय सदस्य गोखुल प्रसाद कुर्मी, तराइ मधेश लोकतान्त्री पार्टी बाराका उपाध्यक्ष रामचन्द्र सिंह, नारायणी एफ.एमका समाचार संयोजक रबि दाहाल, बीरगंज उपमहागनरपालिका कार्यालयका अधिकृत शम्भु गुप्ताले संस्थाको सफलताको कामना गर्नु भएको थियो ।

No comments:

Post a Comment