भ्रष्टाचार नियन्त्रण आजको आवश्यक्ता बिषयक अनतरक्रिया
बीरगंज २३ पुस/ भ्रष्टाचार नियन्त्रण आजको आवश्यक्ता बिषयक अनतरक्रिया कार्यक्रम आज स्थानिय होटल सम्झनामा सम्पन्न भएको छ । बाँकी समाचार......
नेपाल सरकार राष्ट्रिय र्सतर्कता केन्द्रले आयोजना गरेको अन्तरक्रियामा पर्साको अधिकांश सेवाग्राहीहरुलाइ नागरिकबडा पत्रको उपयोगिता बारे जानकारी नभएको राष्ट्रय र्सतर्कता केन्द्रले जनाएको छ । केन्द्रका उपसचिव शेर बहादुर ढुङगानाले सेवाग्रहीको बढी भिडभाड हुने ५ वटा कार्यालयहरुमा गरिएको अध्यनका क्रममा यस्तो तथ्य पाएको जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय, जिल्ला बिकाश समिती, जिल्ला जनसवास्थ्य कार्यालय, बीरगंज उपमहानगर पालिकाको कार्यालय र यातायात ब्यवस्था कार्यालयमा राष्ट्रय र्सतर्कता केन्द्रले नागरिक बडा पत्र र कार्यालयहरुमा र्सवसाधारण प्रदान गर्ने सेवा सम्बन्धमा नमुना र्सर्बेक्षण गरेको थियो । अन्तरक्रियामा राष्ट्रय र्सतर्कता केन्द्रले भ्रष्टाचार नियन्त्रण सम्बन्धी कानुनी प्रवधान जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय प्रशासकको कार्यालय र राष्ट्रय र्सतर्कता केन्द्रले भ्रष्टाचार नियन्त्रणमा खेल्न सक्ने भुमिकाबारे जानकारी गराइएको हो । अन्तरक्रियामा पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी उपरिक्षक रामप्रकाश श्रेष्ठ, स्थानिय बिकाश अधिकारी रामाधिन प्रसाद यादव, बीरगंज उपमहागनरपालिका कार्यकारी अधिकृत शिवदत्त भट्टराइ, राजनितक दलका प्रतिनीधि, बिभिन्न सरकारी कार्यालयका प्रतिनीधि लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो । राष्ट्रय र्सतर्कता केन्द्रका सहसचिव श्यामराज खनालले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment