Pages

निर्वाचनका लागि राखिएको मतपत्र नै किडनैप

















बीरगंज १९ पुसआगामी पौष २४ र २५ गते सम्पन्न हुने बीरगंज उद्योग वाणिज्य संघको निर्वाचनमा भाग लिने उम्मेदारहरुको सक्रियता प्रारम्भ भई सकेको छ । बाँकी समाचार...... 
 

यस पल्ट त मतदातालाई जानकारी नै नदिई आफ्नो र्फम र प्रतिष्ठानको नविकरण गर्न प्रमाण पत्र र पैसा बुझाएर गएका मतदाता भोली पल्ट प्रमाण पत्र र मत पत्र लिन आउदा अपरिचित व्यक्तिले बुझेर लगी सक्यो जस्ता अप्रत्याशित जवाफ पाउन थालेका छन् । गत सोमबार संघको कार्यालयमा यस्तै किसिमको विवाद भईरहेको देखिन्थ्यो । बीरगंज १९ स्थित श्रीराम प्याकेजिङ इण्डष्ट्रिजका कर्मचारी आफ्ना र्फम र मत पत्र लिन आउदा संघका कर्मचारीले कुनै गोयल थरका व्यक्तिले बुझि लगेको जवाफ दिए पछि विवाद बढन थालेको थियो । महारानी देवीको संचालकत्वमा रहेको उक्तर् इण्डष्ट्रिजले केहि दिन अघि मात्रै र्फम नविकरण र मतपत्रको लागि निवेदन दिई संघमा नविकरण शुल्क समेत बुझाई मतपत्र लिन आउदा संघका कर्मचारीले तपाई र्फमको मत पत्र त गोयल थरका कुनै व्यक्तिले लगी सक्यो भने पछि मत पत्र लिन आएका कर्मचारी परशुराम चौधरी अक्क न बक्क परेका थिए । कर्मचारी चौधरीले नविकरण शुल्क र र्फमको प्रमाण पत्र बुझाउने म, बुझने अरु कोई नै, अब म आफनो मत पत्र र प्रमाण पत्र खोज्न कहां जानु पर्ने हो - भनी गुनासो गर्दै थिए । यस अघि पनि चुनावको समयमा विभिन्न र्फम र प्रतिष्ठानहरुको मत पत्र लिने चलन पुरानो भए पनि यसरी संचालकलाई नै जानकारी वा सूचना नै नदिई मतपत्र नै किडनैप गर्ने परिपाटी ति कथित गोयलले प्रारम्भ गरेको टिप्पणी कार्य समितिका पदाधिकारी पदका सम्भावित उम्मेदवारले प्रकट गरेका छन् ।

No comments:

Post a Comment