शान्ति र समृद्धिका लागि एक दिने तालिम
बीरगंज २६ पुस/ पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले मुलुकमा दण्द समाधानका लागि शान्ति मन्त्रालय गठन गरि शान्ति मन्त्रालय अन्तरगत जिल्लामा पनि शान्ति समिती गठन गरिएको बताउनु भएको छ । बाँकी समाचार..........
वहाँले द्धन्द पिडीतहरुको काममा मलम लगाउनका लागि राहतका कार्यहरु उनीहरु सम्म पुर्याउन जरुरी रहेको बताउनु भयो । शान्ति समाज पर्साको आयोजनामा शान्ति र समृद्धिका लागि एक दिने गाबिस सचिवहरु संगको मध्यस्थता सम्बन्धी एक दिने तालिम आज नेपाल बार एशोसिएसन पर्साको सभाकक्षमा आयोजित अनतरक्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी झाले जिल्ला स्तरमा देखापरेका दण्द र निराकरण गर्न गाबिस सचिवहरुको आवश्यक्ता रहेको हुनाले यसलाइ प्रभावकारी बनाउन आग्रह गर्दै अहिले मुलुक दण्डको चपेताबाट भखरै निस्कीएको अवस्था रहेको बताउनु भयो । १० बर्षो सशस्त्र द्धन्दकालमा पिडीत भएकाहरुलाइ प्रभावकारी राहत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गराएको हो । कार्यक्रममा सशस्त्र द्धन्दका धेरैजसो पडितहरुलाइ अहिले सम्म सरकारले राहत दिन नसकेको उल्लेख गर्दै सहभागिहरुले सो रोजगार मुलक तालिम लधुउधमका लागि योग दान सुबिधा लगायतको बितरणको ब्यवस्था मिलाइनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा जिल्ला स्तरिय शान्ति समितीमा सदस्य एवम् नेपाल पत्रकार महासंघ पर्साका सभापति शत्रुघन नेपाल, शान्ति समिती पर्साका अध्यक्ष बिजय महतो, सदभावना पार्टी पर्साका सभापति नेजामुदिन समानी, नेपाल कम्युनिष्ट पार्टी संयुक्तका रामराजा प्रसाद जैसवाल, नागरिक समाजका पन्नालाल गुप्ता लगायतले द्धन्द पिडीतको अवस्था र उनीहरुलाइ शान्ति समितीले दिनु पर्ने राहत बारे मन्तब्य ब्यक्त गर्नु भएको थियो । तालिममा सहभागि ८२ गाबिसका ५५ जना सचिवहरुलाइ बिनय सिंह, पन्नालाल गुप्ता, सुधिर कर्ण, दिपनारायण उपाध्याय, रामनारायण प्रसाद कुर्मी र कमल मोहन पोखरेलले प्रशिक्षण दिनु हुने आयोजकले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment