ब्राम्हण समाज नेपाल द्वारा पत्रकार सम्मेलन
वीरगन्ज २६ पुस/ ब्राम्हण समाज नेपालले वीरगन्ज गितामन्दिर सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले ब्राम्हण समाजप्रति विभेदपूर्ण दृष्टिकोण राखेको जनाएको छ ।
बाँकी समाचार.......
ब्राम्हण समाज नेपालका केन्द्रिय अध्यक्ष नारायण प्रसाद अधिकारीले राज्यद्वारा गरिएको विभेदपूर्ण व्यक्तिहरुको घोर भर्त्सना गर्दै धर्म लिंग, भाषाका आधारमा कुनै विभेद नगर्न आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा वहाँले नेताहरुले सौहार्दपूर्वक मिलेर बसेको नेपाली समाजमा जातीय र क्षेत्रीय फुट पैदागरी विभेद र द्वन्द्व सृजना गरी जनतालाई हदैसम्मको दुःख दिएर तथा जातीय क्षुद्र राजनीतिक स्वार्थ सिद्ध गर्न लागि परेको हुदा राष्ट्रिय भावना तथा जातीय सदभावलाइ पुनजीवित तुल्याउन ब्राम्हण समाज गठन भएको बताउनुभयो । मुलुकमा धर्म निरपेक्षता कायम गर्नु, ब्राम्हण जातीलाइ विभेदपूर्ण शिक्षा, स्वास्थ्य, संस्थान, निजामति सुरक्षा आदिलाई विस्तारित गर्न खोजेको बताउनु भएका अधिकारीले ब्राम्हणलाइ आदिवासी नमानिनु, जातीय आधारमा राज्य संरचना गर्न खोज्नु र ब्राम्हणलाई राज्यविहिन बनाउन खोजिनु जस्ता कुराहरुमाथि सम्पूर्ण ब्राम्हणहरु एक भै आवाज उठाउनु पर्ने बताउनुभयो । देवनाथ उपाध्यायको सभापतित्वमा सम्पन्न सो पत्रकार सम्मेलनमा केन्द्रिय उपाध्यक्ष हेरम्बराज पराजुली, कोषाध्यक्ष पुष्पराज तिमिल्सिना, सह कोषाध्यक्ष रामविहारी पाण्डे, पर्सा जिल्ला ब्राम्हण समाजका संरक्षक रामचन्द्र चतुर्वेदी तथा नरेन्द्र तिवारी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment