Pages

वन वातावरण संरक्षण बारे अन्तरक्रिया














बीरगंज २१ पुस/ साझेदारी बन व्यवस्थापन संघर्ष समितिको आयोजनामा वन वातावरण संरक्षण तथा बन पैदावार सदुपयोग बारे एक दिने अन्तरक्रिया कार्यक्रम आज जिल्ला विकास समिति पर्साको सभाकक्षमा सम्पन्न भएको छ । बाँकी समाचार.......


कार्यक्रम सहभागी वक्ताहरुले कुनैपनि व्यक्तिले बन फडानी तथा तस्करीमा संलग्न भएको पाइएमा त्यस्ता व्यक्तिहरुमाथि प्रशासनले तुरुन्त कारवाही गर्नुपर्ने कुरामा जोड दिएका छन् । विन्दवासिनी कोइलाभार साझेदारी वनका सैलेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा तराइका नदी तथा जंगलबाट अवैद्य रुपमा काठ तथा बालुवा प्रतिदिन सयौ ट्याक्टर भारत निकासी भइरहेकोमा त्यसमा साझेदारी वनका पदाधिकारी लगायत स्थानीय जनताले समेत ध्यान पुर्‍याउन जरुरी रहेको बताएका छन् । वनजंगल नासिएमा दुख यहाका बासिन्दाले नै पाउने हुदा बन जंगल जोगाउन सक्रिय रुपमा लाग्नुपर्ने बताए । बोली र व्यवहारमा एकरुपता भयो भने निश्चित तरिकाले बन जोगाउन सकिनेमा वक्ताहरुले प्रष्ट पारे । कार्यक्रममा सवैया साझेदारी वन उपभोक्ता व्यवस्थापन समूह, गादीमाई वन साझेदारी तदर्थ व्यवस्थापन समिति र विन्दवासिनी/कोइलाभार-बढनिहार साझेदारी वन व्यवस्थापन समूह, सभासद अजय द्धिवेदी, सुरेन्द्र चौधरी, स्थानीय विकास अधिकारी रामाधिन यादव,शशिकपुर मिया, निजामुद्दिन समानी लगायत विभिन्न पार्टीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment