Pages

बिधार्थीहरु द्वारा न्यानो लत्ताकपडा वितरण


 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
बीरगंज ३० पुस/  वीरगंज उपमहानगरपालिका वडा नम्बर- छपकैया डोमबस्तीमा बसोबास गर्दे आएका दलित समुदायका १५ घर परिवारलाइ आज एक कार्यक्रमका विच न्यानो लत्ताकपडा वितरण गरिएको छ । बाँकी समाचार........ 
   

शहरी गरिब सशस्तीकरण समाज उप्स पर्साले आज डोमबस्ती छपकैयामा आयोजना गरेको एक कार्यक्रममा वीरगंज पब्लिक कलेजका छात्र छात्राहरुले समुदायका १५ घर परिवारलाइ कम्बल तथा अन्य न्यानो लत्ताकपडाहरु वितरण गरेका छन । वीरगंज पब्लिक कलेजमा अध्ययनरत कक्षा ११ देखि स्नातकोउत्तोरको विद्यार्थीहरुले आफ्नो खाजा खर्च काटेर जम्मा गरेको पैसाले १५ वटा कम्बल बितरण गरिएको हो । उप्सका संयोजक साहेब हुसैनको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा समाज सेबी भोला प्रसाद कलवार, उप्सका आका कार्यक्रम सहजकर्ता मोहमद असलम, रामबाबु राम, कलेजका सुजाता खड्का, समिर अंसारी, सोफिया तुल्सयान, अर्जुन सिवाकोटी, प्रिया सिंह, राहुल, अमित, अबिषेक, सोनम सिंह लगायतले बितरण गर्नु भएको थियो । कलेजका छात्र छात्राहरुले बढ्दो सितलहरी र जाडोलाइ मध्यनजर गर्दै आफूहरुले सहयोगको भावनाले न्यानो लत्ताकपडा वितरण गरेको बताउनु भयो । बिधार्थीहरुले अहिले सम्म ५५ जनालाइ न्यानो लत्ताकपडा वितरण गरिएको बताएका छन् ।

No comments:

Post a Comment