Pages

६२ औ भारतीय गणतन्त्र दिवस, ४ थान एम्बुलेन्स तथा बिभिन्न स्कुललाइ पुस्तक हस्तान्तरण































वीरगंज १२ माघ/ ६२ औ भारतीय स्वतन्त्रता दिवसको अवसरमा आज वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत आशुतोष कुमार अग्रवालले झण्डोतोलन गर्नु भएको छ । बाँकी समाचार.........


झण्डोतोलन गर्दै महावाणिज्य दुत अग्रवालले झण्डोतोलन गर्दै भारतीय राष्ट्रपति श्रीमती प्रतीभा पाटिलले देशको नाममा जारी गर्नु भएको शुभकामना सन्देश बाचन गर्नु भएको थियो । कार्यक्रममा महाबाणिज्य अग्रवालले नेपालको स्वास्थ्य र शिक्षाको विकासको लागि करिव ३० लाख रुपैया मुल्य बराबरको ४ थान एम्बुलेन्स र ४ लाख मुल्य बराबरको पुस्तक वितरण गर्नु भएको छ । ६२ औ भारतीय स्वतन्त्रता दिवसको अवसरमा महाबाणिज्य दुत अग्रवालले नेपाल रेडक्रस सोसाइटी पर्सा, पिपरा उप स्वास्थ्य चौकी महोतरी, इशपुर सवास्थ्य चौकी र्सलाही, धनुषा ५ स्थित बाराको नेपाल रेडक्रस सोसाइटी उपशाखालाइ एम्बुलेन्सको सा"चो र पुस्तक सम्बन्धी संस्थालाइ हस्तान्तरण गर्नु भएको थियो । पुस्तक पाउने संस्थाहरुमा पर्साको परवानीपुरका दिल्ली पब्लिक स्कुल, बेलवा स्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक बिधालय, बाराको गंज भवानीपुर स्थित भोला उच्च माध्यमिक बिधालय, चितवनको भरतपुर स्थित लक्ष्मी उच्च माध्यमिक बिधालय लगायत रहेका छन् । महावाणिज्य दुतावासले दिल्ली पब्लिक स्कुललाइ २ लाख ४४ हजार र बाकी सबैलाइ ४०/४० हजार रुपैया मुल्य बराबरको पुस्तक बितरण गरेको हो । कार्यक्रममा बीरगंजस्थित दिल्ली पब्लिक स्कुल, डिएभी स्कुल र हरिखेतान बहुमुखि कलेजका छात्र छात्राहरुले भारतको राष्ट्रियता झल्किने खालका गितहरु गाएका थिए । समारोहमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठ, बीरगंजका बरिष्ठ उधोगपति, समाजसेवी, बुद्धिजिवि, नागरिक समाज, सञ्चारकर्मी लगायत स्थानिय ब्यक्तिहरु उल्लेखनिय उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment