वीरगंज १२ माघ/ भयमुक्त बातावरणमा शिक्षा प्राप्त गर्नु हरेक बालबालिकाको अधिकार भन्ने नाराका साथ सशस्त्र द्वन्दबाट बालबालिका तथा शिक्षा क्षेत्रमाथि परेको प्रभावबारे सावर्जनीक सुनुवाइ कार्यक्रम आज बीरगंजमा सम्पन्न भएको छ । बाँकी समाचार.........
बीरगंजको स्थानिय होटल सम्झनामा भएको कार्यक्रममा सहभागि द्वन्द पिडीत बालबालिकाहरुले राजनितीक दलहरुले आफनो उद्देश्य पुर्तीका लागि बालबालिकाहरुलाइ दुरुपयोग गरेको गुनासो गरेका छन् । उनीहरुले दश बर्षसशस्त्र द्वन्द गरेर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले बालबालिकाहरुलाइ सैन्य संगठनमा भर्ना गरेको र कति बालबालिकाहरुलाइ टुहुरो बनाएको बताएका छन् । द्वन्दमा परेका बालबालिकाहरुले आफनो अभिभावक द्वन्दमा परेपछि शिक्षा गास, बासका लागि जादै कठिनाइ भएको भन्दै शिक्षा र बाच्ने अधिकार सुनिश्चित गरिदिन स्थानिय प्रशासन र राजनितीक दलहरु संग आग्रह गरेका छन् । कार्यक्रममा बिरुवा गुठी महुवन लगायतका गाबिसबाट बालबालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पर्सा इन्चार्ज अनिल, मधेशी जनअधिकार फोरम नेपाल पर्साका अध्यक्ष शशि कपुर मिया, जिल्ला शिक्षा अधिकारी केदार तिवारी, मानव अधिकारकर्मी कमल मोहन पोखरेल, स्थानिय बिकाश अधिकारी रामाधिन प्रसाद यादव लगायतले बालबालिकाहरुले उठाएको बिभिन्न जिज्ञासाको जवाफ दिनु भएको थियो ।

No comments:
Post a Comment