बीरगंज २४ पुस/ प्रभात काब्य यात्राले आफ्नो १ सय ७४ औ काब्य यात्रा आज एक समारोह बिच स्थानिय होटल सम्झनामा सम्पन्न गरेको छ । बाँकी समाचार.......
काब्य यात्राका प्रमुख अतिथी समाज सेबी पशुपति बिक्रम शाहले काब्य यात्राको निरन्तरताको कामना गर्नु भएको थियो । यात्राका संयोजक अरुण बिक्रम शाहको संयोजकत्वमा भएको कार्यक्रममा कबि नन्दकिशोर गोयल, उषा शाह, सुदर्शनराज पाण्डे, मास्टर तारा सिंह, डा.शशि भुषण बर्णवाल, महेशचन्द्र गौतम, कन्हैया गुप्ता, बिनोद तिमिल्सीना, बिरेन्द्र साह, डा. बिश्वम्भर शर्मा, बालदेव उपाध्याय लगायतले आ-आफ्नो कबिता, गीत, गजल, लेख, रचना वाचन गरेका थिए ।
No comments:
Post a Comment