Pages

वीरगंज उद्योग बाणिज्य संघको ३५ औं साधारण सभा सम्पन्न, अध्यक्षता अशोक टेमानी निरबिरोध चयन




















वीरगंज २४ पुस / नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारले पानसमा बत्तत्बालि वीरगन्ज उद्योग बाणिज्य संघको ३५ औं बाषिर्क साधारण सभाको उदघाटन गर्नु भएको छ ।
बाँकी समाचार....... 
   

कार्यक्रमका प्रमुख अतिथी उद्योग मन्त्री महेन्द्र राय यादव कार्य ब्यवस्थाले सो उदघाटन समारोहमा आउन नसक्नु भएपछि मोबाइलबाट वहाँले दिनुभएको शुभकामना सन्देश उपस्थित सहभागीहरुमा सुनाइएको थियो । वीरगंन्ज उद्योग बाणिज् संघको सभापति ओमप्रकाश सिकारियाले ३५ औं साधारण सभाको सभापतित्व गर्नुहुदै स्वागत मन्तव्य दिनुभएको थियो । उद्योग, बाणिज्य क्षेत्रमा विद्यमान सवै समस्या उल्लेख गरिएको ३६ पृष्ठ लामो स्वागत मन्तव्य पुस्तिका वाचन गर्नुहुदै सभापति सिकारियाले राष्ट्रिय जीवनका हरेक पक्ष निर्वाध ढंगबाट अघि बढ्ने विश्वास र्सवसाधारण नेपालीले लिएको भएतापनि परिस्थिति सो अनुरुप परिवर्तन हुन नसकेबाट सामाजिक एवम् आर्थिक रुपान्तरणका दिशामा क्रियाशिल हामी निजी क्षेत्रका उद्यमी व्यवसायीहरु माझ भविष्य प्रतिको अनिश्चितता र अन्यौलको वातावरण हालसम्म कायम रहेको दुःखद प्रसंग अवगत गराउनु भएको थियो । पूर्वमन्त्री सुरेन्द्र चौधरीले नेपाल क्रसरोडमा उभिएको छ । पोजेटिभ इण्डिकेटर देखिदैन । पोजेटिभ पिस निकै टाढा छ । थ्रेटहरु धेरै छन् । इकोनोमिक इष्टाविलिटीका लागि ठोस नीति छैन, अहिले उद्योग, व्यापारमात्र होइन, देशै चलेको छैन । पोलटिक्स डेडलक छ । ठूला ठूला थेसिस, हाइपोथेसिस छन् । च्याउ उम्रिए झै बैङक स्थापना हुदा पनि आर्थिक विकास हुन सकेको छैन । मित्र राष्ट्र भारतमा मिठो खाना पाक्यो भने नेपालमा अवश्य वास्ना आउछ । भारत र चीनको वीचमा नेपाल छ, जसका कारण भारतको डिफेन्स बजेट बचेको छ । भारतले नेपाललाई खुला हृदयले सहयोग गर्नु पर्दछ भन्नु भएको थियो । सो समारोहमा आफ्ना उत्पादनको सामान बढी मात्रमा भारत निर्यात कार्ता डाबर नेपाल, त्रिबेणी इन्डस्टीज, जगदम्वा इन्टारप्राइजेजलाइ सम्मान पत्र प्रदान गरिएको थियो भने तेश्रो मुलुक आफ्ना उत्पादनको अत्याधिक सामान पठाउने त्रिबेणी ग्रुप, हुलास इन्डस्टीज, लियाना ट्रेड प्रा.लि, रौनिया ब्रदर्स कम्पनी, फर्मा केम प्रा.लिलाइ सम्मान पत्र प्रदान गरिएको थियो । युवा उद्धमी साहिल अग्रवाल, जगदम्वा स्टिल, महिला उधमी तर्फश्रीमति रेणु अग्रवाल, निलाम्बरी, शिक्षा क्षेत्र तर्फाट रबिन्द्र कौर, साहित्य तर्फलक्ष्मी शाक्यलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । त्यसैगरि मरनो उप्रान्त सैन गुप्ता कन्ट्रक्सनका प्रोपराइटरलाइ अज्ञात समुहबाट मर्नेहरु राजेश क्याल, स्वर्गीय जटाशंकर प्रसाद, राजेशवर दुबे, मनोज हरलालका, जंग बहादुर ठाकुरलाइ सम्मानीत गरिएको थियो । २०६३ सालमा बिबिएस कक्षामा प्रथम स्थान ल्याउने पुजा कुमारी साह, २०६६ एसएलसि परिक्षामा सर्वोकृष्ट हुने होली ल्यान्ड माध्यमिक बिधालयका दिपेन्द्र गुप्ता, गौतम माध्यमिक बिधालयका निकीता शर्मालाइ समेत सम्मान गरिएको थियो । सो समारोहमा सभासदद्वय ओमप्रकाश शर्मा, अचय चौरसिया, वीरगंज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुलाल अग्रवाल, पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठ, वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासका निमित्त बाणिज्यदूत विनय कुमार सिंह, नेपाल उद्योग बाणिज्य संघका महानिर्देशक डा.हेमन्त दवाडी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो उदघाटन समारोह संचालन वीरगंज उद्योग बाणिज्य संघका महासचिव गोपाल केडियाले गर्नुभएको थियो । सो साधारण सभाले २ बर्षकार्यकालका लागि पूर्वबरिष्ठ उपाध्यक्ष अशोक टेमानीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति र्सवसम्मतिले चयन गरेएको बताइएको छ ।

No comments:

Post a Comment