Pages

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जनजागरण अभियाण

बीरगंज २६ पुसराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सह महामन्त्री प्रहलाद साहले नेपाली काग्रेस, एकिकृत नेकपा माओवादी र नेकपा एमाले सत्ता भत्तामा तालिन रहेको आरोप लगाउनु भएको छ । बाँकी समाचार......
   

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पर्साले आज वीरगंजमा आयोजना गरेको जन जागरण सभालाइ सम्बोधन गर्दै साहले सो आरोप लगाउनु भउको हो । साहले प्रमुख तिन दलहरुको अकर्मण्यता गलत निती र सत्ता स्वार्थको कारणले गर्दा देश अनिर्णयको बन्दीले गर्दा राष्ट्रको स्वाभिमान समेत खतरामा परेको बताउनु भएको छ । वहाँले विवादस्पद ढंगबाट थपिएको एक वर्षो म्याद भित्र पनि नया सविधान बन्ने सुनिश्चित भएकाले राष्ट्रको स्वाभिमान, स्वतन्त्रको पहिचानको लागि यही पौष, माघ र फागुन तिन महिने जनजागरण अभियानको सुरुवात गरिएको बताउनु भयो । सह महामन्त्री साहले शान्ति र सविधानको लक्ष्य प्राप्तिका लागि तथा सवैधानिक राजतन्त्र, हिन्दुराष्ट्र र सघियता सम्बन्धी देशभरी हस्ताक्षर अभियान गरी ३२ लाख हस्ताक्षर संकलन गरी प्रधानमन्त्री, सभामुख नेवालगायत विभिन्न निकायहरुलाई गुहार गर्दा पनि कुनै सुनुवाई नभएपछि यो अभियान घरदैलोमा ल्याएको जानकारी समेत दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पर्साका अध्यक्ष रामचन्द्र चर्तुवेदीको अध्यक्षतामा सम्पन्न सभामा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पर्साका अध्यक्ष रामचन्द्र चतुर्वे दिको अध्यक्षतामा सम्पन्न सभामा पार्टीका केन्द्रिय सदस्य प्रदिप सुवेदी, राजनितिक विभागका प्रमुख पुरुषोतम ढकाल, पर्सा महिला अध्यक्ष प्रेमा खत्रि लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । 

No comments:

Post a Comment