बीरगंज ४ माघ/ मधेशी जनअधिकार फोरम पर्साका उपाध्यक्ष प्रदीप यादवको वीरगंज राधेमाइस्थित घरमा सोमबार राति विवाद गर्न गएका दुइ युवकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकी समाचार........
प्रहरी निरीक्षक भिमकिरण बोगटीका अनुसार, नियन्त्रणमा लिइएकाहरुमा स्थानीय रंजित मिश्रा र अमित यादव रहेका छन् । मिश्र गत बर्षको एक ज्यान मार्ने उद्योग मुद्दाका फरार आरोपी समेत रहेकाले उनलाई उक्त मुद्दामा कानून बमोजिम कारवाही प्रकृया थालिएको प्रनि बोगटीले बताए । पक्राउ परेका अर्का यादवको सम्बन्धमा अनुसन्धान जारी रहेको छ । गत साता वीरगंजस्थित सम्झना होटलमा मधेशी युवा फोरमको कार्यक्रममा भएको विवादको कारण यादवको घरमा युवाहरुको समूह सोमबार राति विवाद गर्न गएको अनुमान गरिएको छ । चैत्रमा फोरम पर्साको जिल्ला अधिवेशन हुने तय भएकोमा अधिवेशन अघि पार्टीमा रहेको आन्तरिक शक्ति संघर्षका कारण विवादका घटना सार्वजनिक हुन थालेका छन् ।
No comments:
Post a Comment