बीरगंज २९ पुस/ धोबिनी ६ निवासी बाबुलाल राउत कुर्मीको घरमा बुधबार साझ भिषण आगलागी भएको छ । बाँकी समाचार........
स्थानीय उमेश पटेलका अनुसार, आगो ताप्न बालेको घुरबाट आगो सल्किएर उनको पुरै घर सखाप भएको थियो । साझ करीब ६ बजेबाट सुरु भएको आगो स्थानीय बासिन्दाको प्रयासबाट राति करीब ९ बजे नियन्त्रणमा आएको थियो । आगलागीमा परी कुर्मीको एक गोरु, ९ बाख्रा, करीब ७५ क्विन्टल धान, लत्ताकपडा आदि क्षति भएको छ । क्षतिको पूर्ण यकिन हुन सकेको छैन । कुर्मीपनि सामान्य घाइते भएका छन् ।
No comments:
Post a Comment