बीरगंज १ माघ/ अति दुर्लभ मानिने अजिंगर र्सप आज बीरगंज नगरभित्र फेला परेको छ ।
बाँकी समाचार.......
बीरगंज उपमहानगरपालिका वडा नम्बर-१३ अशोकबाटिका नजिक रहेको बाँस घारीमा बिहान घाम तापि रहेको अवस्थामा सो अजिंगर र्सप फेला परेको हो । बाटोमा ओहोर दोहोर गरि रहेका स्थानिय बासिन्दाहरुले अजिंगर र्सपलाइ देखेपछि संचारकर्मीलाइ खवसर गरेका थिए । घटना स्थलमा पुगेका एक संचारकर्मीले प्रहरीलाइ जानकारी दिएपश्चता उक्त र्सप मर्नबाट बाँचेको थियो । घटना स्थलमा प्रहरीको साथमा पुगेका पर्सा बन्यजन्तु आरक्षण केन्द्रका श्यामनन्द सिंहको नेतृत्वमा गएको टोलीले सो र्सपलाइ आफनो नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको सो अजिंगर र्सपलाइ पर्सा बन्यजन्तु आरक्षमा छाडिने जिल्ला बन कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment