Pages

वीरगंज भंसारको कामकाज दिनभरी ठप्प















बीरगंज ३ माघ/ सिंगल इन्ट्री सिस्टमको कारण सोमवार देखि वीरगंज भंसार कार्यालयमा कार्यरत भन्सार एजेन्टहरुले दिनभरी काम बन्द गेका छन् । बाँकी समाचार.....
 



भारतको रक्सौल स्थित रक्सौल ट्रान्सपोर्ट एशोसिएशनले वीरगंज भंसार एजेन्ट संघलाई आज पत्राचार गरी नेपालको भन्सार बिभागले लागु गरिएको सिंगल इन्ट्री सिस्टमको बिरोधमा पेन डाउन गरिएको थियो । संघले पनि त्यसमा ऐक्यबद्धता जनाउन आग्रह गरेपछि वीरगंज भंसारमा यसको असर देखिएको थियो । भन्सार बिभागले भारतबाट आयात हुने सामानमा पनि लोकल तर्फअधिकतम चार, डिआरपिमा २२ आइटम सम्म इन्ट्री गर्ने प्रावधान लागु गरेपछि यो विवाद सुरु भएको हो । कार्यालय समय सुरु भएदेखिनै यो विवाद सुरु भएकोमा दिउसो करीब ३ बजेबाट मात्र भंसार एजेन्टहरुले आंशिक रुपमा काम सुरु गरेका थिए । वीरगंज भंसार कार्यालयका सूचना अधिकृत हरिहर पौडेलले यसअघि यो प्रणाली लागु गर्नु अघि भंसार एजेन्टहरुको सहमति लिई सकेकाले अहिले आएर एजेन्टहरु यसको बिरोधमा उत्रनु नैतिक रुपले नमिल्ने बताउनु भयो । यो प्रणाली लागु भएपछि भन्सारबाट आयातित बस्तुहरुको मुल्याङ्कन गर्न सजिलो हुने, भन्सार बिभागमा जडान भएको वाइड एरिया नेर्टवर्कबाटै आयातित बस्तुहरुको बारे जानकारी लिन सकिने, पुराना तथ्याङ्कहरु हेर्न सहज हुने, आयातित सबै बस्तुको संख्या र गुणस्तर बारे तत्कालै जानकारी पाइने जस्ता सुविधा उपलब्ध हुने पौडेल बताउनु हुन्छ ।

No comments:

Post a Comment