वीरगंज ७ माघ/ नेपाली काग्रेस पर्साको भोली हुने जिल्ला सभापति निर्वाचनमा पार्टी सभापती पदका लागि अजय दुवेदी र सुरेन्द्र चौधरी लगायतकाले नामावली दर्ता गराएका छन् । बाँकी समाचार.........
पुर्वमन्त्री सुरेन्द्र चौधरी संस्थापक पक्षका मानिन्छन् भने अजय द्धिवेदी शेर बहादुर देउवा पक्षमा रहेका छन् । शेर बहादुर देउवा पक्षका एक र्समर्थक अजय द्धिवेदीका सहयोगी पुर्व जिविस अध्यक्ष जनार्दन सिंहक्षेत्रीले सुरेन्द्र चौधरी उनी डमरुका रुपले सुशिल कोइरालाका डमरु बनी पर्सा जिल्लामा सभापतिका लागि लडेका हुन । उनको हार हामी सुनिश्चित गराउछु भन्दै अजय द्धिवेदीको उम्मेदवारी घोषणाको समयमा उदघोष गरेका थिए । अव आउदो समयले पुर्वमन्त्री चौधरीको पलार भारी हुनेछ वा निवर्तमान जिल्ला विकास समिती सभापति क्षेत्रीले बोलेको शब्द प्रमाणित हुनेछ यो भने निर्वाचन पछि थाहा हुनेछ । द्धिवेदीसंगै उम्मेदवारी दिएका व्यक्तिहरुले द्धिवेदीको उम्मेदवारी घोषणाको समयमा द्धिवेदी सफा चरित्रको व्यक्ति भनि चाप्लुसी गरेपनि द्धिवेदीको चरित्र विगत देखि वर्तमानसम्म आफ्नो क्षेत्रले नदेखेपनि वीरगन्ज १ नम्बर क्षेत्रका व्यक्तिहरुले उनको चरित्र पूर्ण रुपले देखिसकेका छन् । यसको उदाहरण छपकैया वडा नम्बर ३ स्थित पुरानो शाह नर्सिङ होम अगाडिको बाटोको तीस मिटर अगाडि रहेको एक खुल्ला प्लटमा आफ्नो पदको दुरुपयोग गरी दवाव दिइ वीरगन्ज उपमहागनर पालिका द्वारा रातारात नगरपालिकाको साधन र श्रोत प्रयोग गरी खुल्लास्थानको प्लटि· क्षेत्रमा कालोपत्र सडक समेत निर्माण गराएका छन् । सो निर्माणाधिन क्षेत्रको प्लटमा एक घर समेत निर्माण नरहेको अवस्थामा यसरी उपमहानगरपालिकाले सडक निर्माणग गर्नु के गैर कानुनी हैन त - श्रोतका अनुसार सो प्लटमा नेपाली काग्रेसका देउवा पक्ष यसैगरी सचिवमा अशोक कुमार जैसवाल, बृहस्पतीकृष्णा श्रेष्ठ र शम्भु चौहन, कोषाध्यक्षमार् इम्तीयाज आलम र किशोरी साह कानुले नामावली दर्ता गराउनु भएको छ । यसैगरी जिल्ला सदस्य पदका लागि पर्सा क्षेत्र नम्बर १ बाट १२ जना पुरुष ३ जना महिला, क्षेत्र नम्बर २ बाट १७ जना पुरुष ३ महिला, क्षेत्र नम्बर ३ बाट १० जना पुरुष २ जना महिला, क्षेत्र नम्बर ४ बाट ११ जना पुरुष २ जना महिला र क्षेत्र नम्बर ५ बाट ८ जना पुरुष २ जना महिला गरी कुल ७७ नामावली दर्ता गराएको सहायक निर्वाचन अधिकृत कृष्णा प्रसाद न्यौपाने बताउनु भयो । ५३ जनाको कार्यसमितीका लागि २८ पदका लागि मतदान हुनेछ भने बाकी २५ पदका लागि सभापती आफैले मनोनयन गर्ने व्यस्था रहेको अधिकृत न्यापानेले जानकारी दिनुभयो । ०६७ श्रावण २७ गते नेपाली काग्रेस पर्साको १२ औ जिल्ला महाधिवेन हुनेमा पार्टीको आन्तरिक कारणले गर्दा भोली सो अधिवेशन हुने भएको छ ।

No comments:
Post a Comment