Pages

तीन महिने सुइटर बुनाइ तालिम

बीरगंज २२ पुसतीन महिने सुइटर बुनाइ तालिम आज देखि बीरगंज कारगारमा शुरु भएको छ । बाँकी समाचार..... 
   

महिला तथा बाल बालिका कार्यालयको सहयोगमा तथा बीरगंज ख्रिष्टीय समाज पर्साको आयोजनामा भएको सो तालिम बीरगंज ख्रिष्टीय समाज पर्साका अध्यक्ष राज कुमार घिमिरेको अध्यक्षतामा भएको हो । कार्यक्रममा सहभागि बीरगंज कारागारका २१ जना महिलाहरुलाइ श्रीमती पदमा आचार्यले प्रशिक्षण दिनु हुनु आयोजकले जनाएको छ । कार्यक्रममा महिला तथा बाल बालिका कार्यालय पर्साकी अधिकृत उर्वरा लुइटेल, बीरगंज ख्रिष्टीय समाज पर्साका उपाध्यक्ष बाबुराम क्षेत्री, सचिव गोबिन्द कोइराला लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment