कमिशनको खेलमा लागि देश डुवाउनेमा लागि परेको - सभासद नेपाली
बीरगंज २२ पुस/ राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष एव सभासद र राष्ट्रिय अभियानका दोश्रो संयोजक समेत रहेका रश्मीराज नेपालीले प्रमुख तिन राजनितीकदलहरु शान्ति र सविधानका लागि भन्दा सत्ताका लागि अस्वथ प्रतिस्पर्धा गरिरहेको आरोप लगाउनु भएको छ । बाँकी समाचार.......
रिपोर्टस क्लब पर्साले आज वीरगंजमा आयोजना गरेको पत्ररका सम्मेलनमा सत्तामा बस्नेहरु कमिशनको खेलमा लागि देश डुवाउनेमा लागि परेको बताउनु भएको छ । सभासद नेपालीले देशको तरल राजनितिक परिस्थितिमा विदेशी साम्राज्यवादी तथा विस्तारवादी शात्तिहरुले राजनितिक हस्तक्षेप अझ प्रभावकारी बनाई ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरु गुमने खतरा बढेको बताउनु भयो । पत्रकार सम्मेलनमा नेपालीले प्रधानमन्त्री राजीनामा ६ महिना वितिसक्दा पनि देश सरकारविहिन अवस्थाबाट गुज्रिरहेको हुनाले यस्तो अवस्थामा एउटा जिम्मेवार पार्टीको हैसियतले सवै समस्याको बारेमा जनतालाई सचेत गराउन जनताकै विच आवश्यकता देखेर राष्ट्रिय अभियान संचालनमा ल्याएको बताउनु भयो । वहाँले मधेशी जनअधिकार फोरम नेपालले शान्ति, सविधान, राष्ट्रियता तथा संघियताको प्रश्नमा हाम्रा धारणाहरु जनाको विच नजाओस भन्ने उदेश्यले आक्रमण गरेको बताउनु भयो । वहाँले फोरम लगायत अन्य कतिपय जातियवादी पार्टी तथा संगठनहरुले देशका विभिन्न भागहरुमा संघियता विरुध चलिरहेको जनअभियानका कार्यक्रमहरुमा आक्रमण गरेर आफ्नो प्रजातन्त्रीक बिरोधी चरित्र उदाङ्गो पारेको बताउदै नयाँ संबिधान निर्माणको प्रक्रियामा सबैका बिचारहरुले स्थान पाउनु पर्ने बताउनु भयो । सभाषद् नेपालीले हिजो फोरमद्वारा वीरगंजमा हाम्रो सभालाई असफल पार्ने जुन कुचेष्टा भयो त्यसमा हाम्रो पाटी घोर निन्दा एवं भर्त्सना गर्दछ भन्दै फोरम नेतृत्वलाई घटनामा भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र र्सार्वजनिक रुपमा माफी माग्दै आइन्दा यस्तो उदण्ड कार्य नदोहोर्याउन चेताउनु दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment