Pages

निजामती कर्मचारीको अबिधेशन बीरगंजमा शुरु

















बीरगंज ३ माघ/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्णचन्द्र नेपालीले कर्मचारी युनियन बलियो भए मात्र कांगे्रसको भबिष्य पनि सुनिश्चित हुने बताउदै कांगे्रसको लक्ष्य अनुसार एकिकृत नेकपा माओवादीलाई संसदमा ल्याइएको बताउनु भएको छ । बाँकी समाचार.....
 



नेपाल निजामति कर्मचारी युनियनको पाचौ केन्द्रिय अधिवेशनको सोमबार वीरगन्जमा उदघाटन गर्दै केन्द्रिय सदस्य नेपालीले सिट कम आए पनि प्रजातान्त्रिक पद्धतिलाई मजबुत बनाउन माओवादीलाई प्रजातान्त्रिक पद्धतिको खोरमा छिराउन सफल भएको बताउनु भयो । वहाले कर्मचारीहरुलाई लक्षित गर्दै तपाईहरु कांगे्रसको अभियन्ताको रुपमा हुनुहुन्छ भन्दै निजामति कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरु कम्युनिष्ट कर्मचारीहरु भन्दा पृथक हुनुपर्छ भन्नु भयो । केन्द्रिय सदस्य नेपालीले देशका कुना कन्दरामा रहेका सबै जनतालाई सुसुचित पार्ने नेपाली कांगे्रस पार्टीको वकिलको रुपमा रहेका तपाई कर्मचारीहरुले कांगे्रसको लक्ष्य र सिद्धान्तअनुसार नागरिकलाई वकालत गर्ने जिम्मा पनि तपाईहरुको हो भन्नु भएको थियो । वहाले जबसम्म स्थायी सरकार मजबुत हुदैन तब सम्म प्रजातान्त्रिक पद्धति बलियो हुदैन भन्नु भयो । कार्यक्रममा अर्का केन्द्रिय सदस्य दिपक गिरीले नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष भवानी प्रसाद थामीको अध्यक्षतामा भएको कार्यक्रममा टे्रड युनियन कांगे्रसकी वरिष्ठ उपाध्यक्ष रिता खनालले नेपाली कांगे्रसले सबै क्षेत्रलाई समेटन नसकेको बताउँदै कांगे्रसले सबै क्षेत्रलाई समेटेर जानु पर्ने बताउनु भएको थियो । वहाले निजामति कर्मचारी युनियन लोकतन्त्रका खम्बा हुन भन्दै निजामति कर्मचारीहरुले नेपाली कांग्रेस पार्टीहरुलाई सही बाटो देखाउनु पर्छ भन्नुभयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, केन्द्रिय महासचिव सुवोध कुमार देवकोटा लगायतले मन्तब्य राख्नु भएको थियो । अधिवेशन माघ ५ गतेसम्म चल्ने निजामति कर्मचारी युनियनका नारायणी अञ्चल संयोजक मनोज तिवारीले बताउनु भएको छ ।

No comments:

Post a Comment