Pages

दुर्घटना परि तीनको मृत्यु, दुइजना गम्भीर घाइते






























































बीरगंज ४ माघ बाराको आधाभार जंगलको सडक खण्डमा गएराति दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ । बाँकी समाचार..... 




ना..ख २०१५ नंम्बरको ट्रकले बा..च ९२७५ नम्बरको कारलाइ ठक्कर दिदा कारमा सवार वीरगंज उपमहानगरपालिका वडा नम्बर-१४ निवासी दिनेश आचार्यको घटनास्थलमै मृत्यु भएको मध्य क्षेत्रिय ट्राफिक कार्यालय पथलैयाले जनाएको छ । सोही घटनामा परी घाइते भएकी वीरगंज उपमहानगरपालिका वडा नम्बर-४ निवासी १५ वर्षीय पलिस्ता मानन्धर र वडा नम्बर-५ निवासी १३ बर्षीय उमंग गौतमको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । चितवन महोत्सव हेरेर घर र्फकर्ने क्रममा गएराति करिब सवा १२ बजे भएको सो दुर्घटनामा कारमा सवार १२ वर्षीय तिसा मानन्धर र १४ वषिर्य र्सर्देश आचार्य गम्भीर घाइते भएका हुन् । घाइते दुबैको काठमाडौंमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाइ पथलैया प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । मृतक दिनेश आचार्य वीरगंज जेसिसका पूर्व अध्यक्ष हुन् । मृतक मानन्धरको आजै काठमाण्डौ स्थित पशुपति आर्यघाटमा, गौतमको हेटौडामा र आचार्यको बीरगंज स्थित अशोकवाटिकामा अन्तिम दाहसंस्कार गरिएको बताइएको छ । दाहसंस्कार गर्नु अघि बीरगंज जेसीजका पुर्व अध्यक्ष आचार्यको शवमा जेसीजको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जी अर्पण गरिएको थियो । मृतक श्रेया मानन्धर फोटो पत्रकार प्रबिण मानन्धरको जोठी छोरी हुन भने उमंग गौतम बीरगंज जेसीजका पुर्व अध्यक्ष तथा प्रुडेन्सियल इनस्युरेन्सका म्यानेजर अमर गौतमका छोरा हुन् ।

No comments:

Post a Comment