कार्यक्रम विथोल्नुका साथै मंच तोडफोड
वीरगंज २१ पुस / मधेशी जनअधिकार फोरम नेपाल निकटका युवा तथा विद्यार्थीहरुले राष्ट्रिय जनमोर्चा केन्द्रिय समितीले आज वीरगंजमा गरिरहेको कार्यक्रम विथोल्नुका साथै मंच तोडफोड गरेका
छन । बाँकी समाचार.......
गणतन्त्र राष्ट्रियता र शान्तिको पक्षमा सघियताको विरुधमा राष्ट्रिय जनमोर्चाले गरेको राष्ट्रिय अभियान अन्तरगत वीरगंजको घण्टाघरमा गरिरहेको कार्यक्रममा फोरम नेपालका युवा तथा विद्यार्थीहरुले सघियता विरोधी कार्यक्रम वीरगंजमा हुदैन भन्दै तोडफोड गरेका हुन । नारा जुलुस सहित कार्यकम स्थलमा पुगेका फोरम नेपालका र्समर्थकहरुले राष्ट्रिय जनमोर्चाको रक्तिम सास्कृतिक परिवारका बाध्यबाधनका सामग्रीहरु समेत तोडफोड गर्नुका साथै मंच र कुर्सीहरु समेत फालेका थिए । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा एकै साथ राष्ट्रिय अभियान चलाउने क्रममा वीरगंज आएको जनमोर्चाका केन्द्रिय महासचिव एव एव सभासद सन्तबहादुर नेपालीले बताउनु भएको हो । घटना स्थलमा केहि छिन पछि पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले फोरम नेपालका घटनामा संलग्न ४ जना कार्यकर्ताहरुलाइ आफनो नियन्त्रणमा लिएको छ । नियन्त्रण पश्चात प्रहरीको बाक्लो उपस्थितीमा पुन कार्यक्रम सुचारु गरिएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिंय उपाध्यक्ष एवम् सभासद रश्मीराज नेपाली, उपाध्यक्ष शंकर बराल, महासचिव एव सभासद सन्तवहादुर नेपाली तर्राई मधेश जनवादी मोर्चाका अध्यक्ष बद्री आलम र रक्तीम सास्कृतिक परिवारका महासचिव रेम राणा लगायतको कार्यक्रममा विशेष उपस्थिती रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment