वीरगंज १५ माघ/ कष्ठ रोग प्रभाबितलाइ समानता, मानव अधिकारको प्रतिब्धता भन्ने नाराका साथ ५८ औ बिश्व कुष्ठरोग दिवसको अवसरमा पत्रकारहरु संग एक दिने अन्तरक्रिया कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ । बाँकी समाचार........
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख अरुण कुमार महतोले क्षयरोग भनेको माइक्रो ब्याक्टेरियम ट्युवर क्युलोसिस नामको सुक्ष्म किटाणुबाट हुने सरुवा रोग रहको जानकारी दिनु भएको थियो । महतोले यो कुष्ठरोगले छाला, नाशा, आँखा, हात र खुट्टालाइ प्रभाबित गरेर अपाङ्ग बनाउन सक्ने बताउदै नेपाल अधिराज्य भरिमा कुष्ठरोगको निःशुल्क उपचार गरिनुका साथै औषधि समेत बितरण गरिएको बताउनु भयो । वहाँले पर्सा जिल्लाको ८२ वटा गाबिसमा ४२ वटा गाबिसमा एउटा पनि रोगी नभेटिएको बताउनु भयो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अरुण कुमार महतोको सभापतित्वमा भएको कार्यक्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा मेडिकल सुप्रिडेन्ट डा.बिधापति कण्ठ, पत्रकार रबि दाहाल लगायतको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment