Pages

चिसोका कारण हाल सम्म पर्सामा तीनको मृत्यु

बीरगंज २ माघ/ अत्याधिक चिसोका कारण पर्साको तुलसीवर्वा गाबिस बन्जारी टोलमा गएराती कठयाग्रिएर एक युवकको मृत्यु भएको छ । बाँकी समाचार......
  

मुत्यु हुनेमा सोही ठाँउ निवासी ३२ बर्षीय छोटेलाल साह तेली रहेका छन् । यससंगै पर्सामा कठयाग्रिदो चिसोका कारण मर्नेको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चिसोका कारण यहाँको जनजिवन अत्यन्तै कष्टकर बनेको छ । सदरमुकाल बीरगंज सहित ग्रामिण भेगका स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढेको छ । चिसोबाट बालबालीका, बृद्धबृद्धाहरु बढी प्रभाबित भएका छन् । यसैबिच बाक्लो हुसु संगै सित लहरका कारण यहाँका निजी तथा सरकारी बिधालयहरुको पठन पाठन आजबाट संचालनमा आएको छ । करिब २ हप्ता अघिदेखि बन्द भएका यहाँका बिधालयहरुको पठन पाठन आजबाट सुचारु भएको हो । सितलहर हटेका कारण मौसममा सुधार आएकाले आजबाट बिधालय संचालनको लागि निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी केदार तिवारीले बताउनु भयो ।

No comments:

Post a Comment