बीरगंज २१ पुस/ अत्यधिक चिसोका कारण वीरगंजमा गएराति एक युवकको ज्यान गएको छ । बाँकी समाचार.......
चिसो सँगै बढेको शितलहरका कारण गएराति वीरगंज उपमहा नगरपालिका वडा नम्बर १९ नगवाका स्थानीय २६ वर्षीय युवक चिन्तामणि खनालको मृत्यु भएको हो । बेलुका पसलबाट घर फर्कने क्रममा उनी बिरामी परेपछि उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएकोमा उनको ज्यान गएको परिवारका सदस्यले बताएका छन् । खनाल विगत लामो समयदेखि निमोनियाबाट ग्रसित रहेका थिए । विगत केही दिनयता यस क्षेत्रमा चलेको शितलहरका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ । चिसोका कारण बालबालिका र वृद्धवृद्धाहरू पनि प्रभावित भएका छन् ।
No comments:
Post a Comment