Pages

नेपाली कथानक चलचित्र 'स्वर' अब तराइमा















बीरगंज १८ पुस/  एम.आर.एस मुभिजको पहिलो प्रस्तुती नेपाली कथानक चलचित्र 'स्वर'को युनिट चलचित्रको प्रोमोशनको क्रममा हाल तराइमा रहेको छ । बाँकी समाचार......


माघ १४ देखि देशव्यापी रुपमा प्रदर्शन भई रहेको यो चलचित्र युनिट त्यस अघि तराइमा आफ्नो व्यापार उकास्न मात्र नभई नेपाली चलचित्रको समग्र रुपमा दर्शकको संख्या वृद्धि गर्ने अभियानमा समेत लागी परेको छ । चलचित्र युनिटले आज वीरगंजमा पत्रकार सम्मेलन गरेर चलचित्रको विविध पक्ष तथा नेपाली चलचित्र उद्योगको अवस्था बारे समेत आफ्नो धारणा सार्वजनिक गरेको थियो । थुप्रै म्युजिक भिडियोको निर्देशन गरी सकेका युवा निर्देशक प्रसन्न पौडेललले आफू लगायत चलचित्रका अधिकाशको यो पहिलो चलचित्र अनुभव रहेको बताए । पौडेलले चलचित्र युनिटनै युवाहरुको पूर्ण टोली रहेको र यसमा ३५ बर्षकाटेका कोही पनि नरहेको बताए । 'स्वर' को प्रोमोशन अभियानमा आफूहरुको प्रमुख नारा 'अब चाही नेपाली फिल्म हेर्ने बानी बसालौं' रहेको पौडेल बताउछन् । नेपाली चलचित्रको गुणस्तर नसुर्धाने र यसको बजार देशव्यापी नबनाउने हो भने केही बर्षै नेपाली चलचित्र 'एकादेशको कथा' बन्न जाने उनले बताए । चलचित्रको निर्माता मध्येका एक रवि लामाले हाल सम्म निर्माणको क्रममा करीब ९० लाख रुपैया खर्च भई सकेको र प्रोमोशन लगायतका काममा गरी थप १० लाख रुपैया बराबर खर्च हुने भएकाले यो चलचित्र एक करोड रुपैयाको हुन जाने बताए । चलचित्रकी नायिका मध्येकी एक केकी अधिकारीले आफ्नो पात्र र चलचित्रमा आफूले गरेको अभिनयबाट आफू सन्तुष्ट रहेको बताइन् । चलचित्रकी अर्की नायिक बेनिशा हमालले चलचित्रमा आफ्नो पात्र आफ्नो बास्तविक जीवनसंग मेल खाने भएकाले आफ्नो पहिलो चलचित्रको कारण आफू रोमान्चित रहेको बताइन् । यो युनिट बुटवल, चितवन हुदै वीरगंज आई पुगेको हो । चलचित्रका मुख्य कलाकारहरुमा राजवल्लभ कोइराला, केकी अधिकारी, एसराज गाराच,बेनिशा हमाल, रीमा विश्वकर्मा, अमित पोखरेल, जोयश पाण्डे आदि रहेका छन् । मनिष राजभण्डारी, रवि लामा र सुरेन बलामी निर्माता रहेको यो चलचित्रमा संगित सत्य/स्वरुपराज आचार्य र सुगम पोखरेल दिएका छन् ।

No comments:

Post a Comment