Pages

अन्तरबिधालय छात्रछात्रा ब्याडमिन्टन प्रतियोगिता


















बीरगंज ८ माघ/ अन्तरबिधालय छात्रछात्रा ब्याडमिन्टन प्रतियोगिता आज एक समारोहका बीच ओसिस बोर्डिङ्ग स्कुलमा सम्पन्न भएको छ । बाँकी समाचार.......


क्रिएटिभ स्कुलस ग्रुप बीरगंजले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी श्रीपुर श्रोत केन्द्रका प्रमुख मिरा प्रधानले प्रतियोगिताको सफलताको कामना गर्नु भएको थियो । प्रतियोगितामा छात्र तर्फग्रीन ल्याण्ड स्कुलका आयुष पंडित प्रथम, मोजाहीद आलम दितिय, होली होम रुकुलका प्रबेज अंसारी र दिपक पटेल तृतीय हुनु भएको छ भने छात्रा तर्फओसिस बोर्डिङ्ग स्कुलका सुस्मिता कुमारी धानुक प्रथम, होली होम रुकुलका अनुदास दितिय, बबियता र ओसिस बोर्डिङ्ग स्कुलका दिपा मण्डल तृतीय हुनु भएको आयोजकले जनाएको छ । ठाकुराम बहुमुखी क्याम्पसका सहायक प्रधानाध्यापक हरिबहादुर बैध, एन प्यापसनका अध्यक्ष नन्दन यादव, ग्रीन ल्याण्ड स्कुल प्रधानाध्यापक अम्रेन्द्र पंडित लगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा सहभागि ओसिस बोर्डिङ्ग स्कुल, ग्रीन ल्याण्ड स्कुल, होली होम माध्यमिक बिधालय, मदर ल्याण्ड माध्यमिक बिधालय, सालोम माध्यमिक बिधालयबाट दुइ दुइ जना गरि २० जना छात्र तथा छात्राहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment