सहकारी संस्थाको उदघाटन
वीरगंज १७ पुस/ कृषि तथा सहकारी राज्य मन्त्री करिमा वेगमले सहकारी संस्थाका लागि हुने जिल्ला स्तरिय कार्यक्रममा यस संस्थालाइ सहभागी गराउन डिभिजन सहकारी
बाँकी समाचार.......
संस्थालाइ निर्देशन पनि दिनु भएको छ । वीरगंज उपमहानगरपालिका वडा नम्बर २ छपकैयामा समाजिक विकास बचत तथा ऋण सहकारी संस्थाको उदघाटन कार्यक्रम कृषि तथा सहकारी राज्यमन्त्री वेगमले बचतमा महिलाहरुको महत्वपूर्ण भुमिका हने भएकाले महिलाहरलाई यस प्रति उत्साहित भई लागिपर्न मन्त्री वेगमले आग्रह गर्नु भयो । समाजमा शिक्षा, आर्थिक स्थिती पिछिडिएकोले यसलाई सहकारी मार्फ उन्नती गरी अगाडी बढ्न आग्रह गर्दै कृषि तथा सहकारी राज्यमन्त्री वेगमले सहकारी संस्था मार्फ समाजको विकास गर्नुपर्ने भन्दै मधेसमा रहेको गरिवी र बेरोजगारीलाई मेटाउन यस किसिमका सहकारी संस्थाले सहयोग पुर्याउने विश्वास समेत व्यक्त गर्नुभयो । उदघाटन कार्यक्रममा डिभिजन सहकारी संस्थाका निमित सहकारी अधिकृत अच्युत प्रंधानाङले सहकारीलाई पर्सा जिल्लाको नमुनाको रुपमा परिणत गर्न आग्रह गर्दे सस्थालाई अगाडी बढाउन आफू सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । सहकारीको नियमभित्र रही आर्थिक विकासका साथै समाजको विकास गरी अगाडी बढन सुझाउन दिनुभयो । संस्थाका अध्यक्ष अमानुल सिद्धिकीको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रममा नुरुलहोला मिया, महमुद आलम लगायतको उपस्थिती रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment